खेल

विश्वकप क्वाटरफाइनलः स्विडेनविरूद्ध इङ्ल्याण्ड १–० ले अघि

विश्वकप क्वाटरफाइनलः स्विडेनविरूद्ध इङ्ल्याण्ड १–० ले अघि

काठमाडाैं । सामारा रंगशालामा शनिबार राति भइरहेकाे पहिलाे क्वार्टरफाइनलमा स्विडेन र इङ्ल्याण्डबीचकाे खेल जारी छ । स्विडेनविरूद्ध इङ्ल्याण्ड १–० ले अघि भएकाे छ । खेलकाे ३० अाैँ मिनेटमा ह्यारी म्याग्युराेले गाेल गर्दै इङ्ल्याण्डलार्इ १–० ले अग्रता दिलाएका हुन् ।

 

सन् १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ र सेमिफाइनल प्रवेशका लागि आज इंग्ल्याण्डको सामना गर्दैछ ।सन् १९६६ को विजेता इंल्याण्ड हरेक विश्वकपमा दावेदार टोलीका रुपमा रहन्छ ।

 

तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संस्करणदेखि सहज बन्न सकेको छैन । सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ ।

 

यसअघि  स्विडेन र इङ्ल्याण्ड २४ पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये इङ्ल्याण्डले ८ खेलमा जित, ७ मा पराजय र ९ खेलमा बराबरी खेलेकाे छ । इङ्ल्याण्डका ह्यारी केनले विश्वकप २०१८ मा सर्वाधिक गाेल ६ गोल गर्दै 'गाेल्डेन बुट' दाबेदारका अग्रपंक्तिमा छन् ।

 

जसमध्ये तीन गोल पेनाल्टीमा सम्भव भएको हो । विश्वकपमा पेनाल्टीमा ३ गोल गर्ने उनी दोस्रो खेलाडी बनेका छन् । सन् १९९४ मा बुल्गेरिकाका रिस्तो स्टोच्कोभले पेनाल्टीमा ३ गोल गरेका थिए ।

इङ्ल्याण्ड स्विडेन

विशेष