दुर्इ हेडर गाेल गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश
काठमाडाैं । सामारा रंगशालामा शनिबार राति भइरहेकाे पहिलाे क्वार्टरफाइनलमा इङ्ल्याण्डले स्विडेनविरूद्ध २–० जित निकालेकाे छ ।
खेलकाे ३० अाैँ मिनेटमा ह्यारी म्याग्युराेले गाेल गर्दै इङ्ल्याण्डलार्इ १–० ले अग्रता दिलाएका थिए । त्यस्तै डेले अलीले ५९ अाैँ मिनेटमा इङ्ल्याण्डलार्इ दाेस्राे गाेल दिलाए । खेलकाे दुवै गाेल हेडर मार्फत गरिएकाे थियाे ।
सन् १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हाे । सन् १९६६ को विजेता इङ्ल्याण्ड हरेक विश्वकपमा दाबेदार टोलीका रुपमा रहेकाे छ । जितसँगै इङ्ल्याण्डले रूस र क्राेसियाबीचकाे विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संस्करणदेखि सहज बन्न सकेको छैन । सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ ।
यसअघि स्विडेन र इङ्ल्याण्ड २४ पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये इङ्ल्याण्डले ८ खेलमा जित, ७ मा पराजय र ९ खेलमा बराबरी खेलेकाे छ । इङ्ल्याण्डका ह्यारी केनले विश्वकप २०१८ मा सर्वाधिक गाेल ६ गोल गर्दै 'गाेल्डेन बुट' दाबेदारका अग्रपंक्तिमा छन् ।
जसमध्ये तीन गोल पेनाल्टीमा सम्भव भएको हो । विश्वकपमा पेनाल्टीमा ३ गोल गर्ने उनी दोस्रो खेलाडी बनेका छन् । सन् १९९४ मा बुल्गेरिकाका रिस्तो स्टोच्कोभले पेनाल्टीमा ३ गोल गरेका थिए ।
इङ्ल्याण्ड स्विडेन