खेल

पहिलाे हाफमा अायाेजक रसिया र क्राेएसिया १–१ काे बराबरीमा

पहिलाे हाफमा अायाेजक रसिया र क्राेएसिया १–१ काे बराबरीमा

सोचीस्थित ओलम्पिक स्टेडियममा जारी विश्वकपको अन्तिम क्वार्टरफाइनलअन्तर्गत पहिलाे हाफ आयोजक राष्ट्र रसिया र क्रोएसियाबीच १–१ काे बराबरीमा राेकिएकाे छ । 

 

खेलकाे ३१ अाैँ मिनेटमा डेनिस चेरिसेभले गाेल गर्दै रसियालार्इ सुरूवाति अग्रता दिलाएका थिए । यता क्राेएसियाकाे लागि ३९ अाैँ मिनेटमा क्रामारिकले गाेल गर्दै बराबरीमा ल्याएका हुन् । 

 

सन् १९६६ मा सोभियत संघको रुपमा चौथो बनेको रसिया समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ । क्वार्टरफाइनल पुग्नका लागि रसियाले ठूलै चमत्कार गरेको थियो । समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

 

सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण पि–्रक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रसियासँगको भेट पक्का गरेको थियो ।

 

तुलानात्मक रुपमा कमजोर देखिएको रसिया विश्व फुटबल जगतलाई आश्चर्यचकित बनाउँदै सेमिफाइनलमा पुग्न तयार छ । १९९८ मा तेस्रो स्थान हासिल गरेको क्रोएसिया इतिहास दोहोर्‍याउने मात्र हाइन्, त्यसबेला भन्दा ठूलो सफलता हात पार्ने लक्ष्यमा छन् । यसको अर्थ फाइनलसम्म पुग्ने लक्ष्यमा छ ।

 

सन् १९९८ मा पहिलो सहभागितामा नै क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । डेभोर सुकर, भोमिनिर बोबान र रोबर्ट प्रोसिनेकी जस्ता स्टार खेलाडीले क्वार्टरफाइनलमा जर्मनीलाई स्तब्ध बनाएको थियो । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसियाले तेस्रो स्थानको प्लेअफमा नेदरल्याण्डलाई हराएको थियो ।

 

पछिल्लो पाँच विश्वकपमा क्वार्टरफाइनल पुगेका सबै आयोजक (इटाली १९९०, फ्रान्स १९९८, दक्षिण कोरिया २००२, जर्मनी २००६ र ब्राजिल २०१४) सेमिफाइनलमा पुगेका छन् ।

रसिया क्रोएसिया

विशेष