Technology मुख्य समाचार

यी हुन् विश्वका उत्कृष्ट १० बुद्धिमानी र फुर्तिला रोबर्ट

यी हुन् विश्वका उत्कृष्ट १० बुद्धिमानी र फुर्तिला रोबर्ट

१) सोफिया 


हङकङको ‘हनसन रोबोटिक्स’ ले अप्रिल १९, २०१५ मा बनाएको सोफिया रोबर्ट जो विश्वभर लाकप्रिय छ । अन्तरक्रियात्मक रोवर्ट भएकाले सोफियालाई विश्वकै शक्तिशाली रोबर्ट मानिन्छ । अनुहारमा ६२ प्रकारको अभिव्यक्ति र मानिससँग वार्ता गर्ने, कुनैपनि प्रश्नको उत्तर दिनसक्ने, हाँस्ने र रमाइलो गर्ने क्षमता उनमा छ । 


अक्टोबर २०१७ मा साउदी अरेबिया सरकारले आम नागरिकसरह सोफियालाई आफ्नोे देशका नागरिकताको दिएको हो । नागरिकता पाउने उनी पहिलो ‘ह्युमनोइड रोबर्ट’ हुन । आजसम्मकै दुँनियाको शक्तिशाली र चलाख रोबर्टको रुपमा  सोफिया चर्चित छिन् । 


२) असिमो 


सन् २००० मा ‘होन्डा’ ले असिमो ‘‘ह्युमनोइड रोबर्ट’ (एडभान्ष्ड स्टेप इन इन्नोभेटिभ मोबिलिटि) बनाएको  हो । असिमो ४ फिट उचाई, ५४ केजी र जापनीज, चाइनीज र अंगे्रजी गरी ३ भाषामा कुरा गर्न सक्छ । हाल यसलाई जापानको राजधानी टोकियोस्थित मिराइकन म्युजियममा राखिएको छ ।



यो पहिलो शक्तिशाली रोबर्ट हो जसले मानवको आदेशको छिटो पालना गर्दछ । हामी हलिउड फिल्ममा धेरै किसिमको ‘ह्युमनोइड रोबर्ट’ देख्छौं जसको उदाहरण असिमो रोबर्ट हो ।

 

जापनीज सरकारले असिमोको लागि धेरै खर्च गरेका छ । उनको लक्ष्य भनेको असिमोलाई ‘सरकारको मूल्य र कर व्यवसायमा’ लगाउने रहेको छ । सन् २०२० सम्म सायद जापान सरकारको उद्देश्य पुरा हुने अनुमान छ ।




३) रोलिङ बोट 

‘एल जी कम्पनी’ ले बनाएको रोलिङ बोट रोबर्टले घरको सुरक्षा गर्ने काम गर्दछ । उदाहरणको लागि हामीले हलिहुड फिल्म ‘स्टार र्वास’ मा ‘रोबो बिबि ८’ देख्न सक्छौं जुन रोलिङ बोटसँग मिल्दोजुल्दो छ । अरु रोबर्ट भन्दा फरक र सानो यो रोबर्ट हामी सजिलै घरमा प्रयोग गर्नसक्छौं ।




४) पिपर

‘एल्डरबान रोबोटिक्स’ ले ५ जुन, २०१४ मा बनाएको पिपरलाई ‘ह्याप्पी रोबर्ट’ को नामले चिनिन्छ । मानिसलाई खुशी बनाउन देखि उनको अनुहारको हाउभाउ सजिलै पढ्नसक्छ । तर प्रविधिको विकास सँगै पिपरलाई मानिसहरुले पुरानो ‘हुमनोइड रोबोट’ मान्छन भने यसलाई बनाउने कम्पनी अझै पनि पिपरलाई ‘एडभान्सड रोबर्ट’ नै मान्छन् । र यसको मुल्य २००० युरो छ ।




५) स्पट

‘गुगल कम्पनी’ ले बनाएको स्पट रोबर्टलाई पशु रोबर्ट र टग रोबर्ट नामले चिनिन्छ । ४ खुट्टामा चल्ने स्पट रोबर्टलाई घरभित्र र बाहिर जुनसुकै काम पनि लगाउन सकिन्छ ।

जस्तोसुकै असमान सतहमा पनि स्पट रोबर्टले आफ्नो बाटो बनाउन सक्छ । तर आजसम्म स्पट रोबर्टलाई अरु जनावरसँग राख्न सकिन्छ कि सकिन्न भन्ने विषयमा टुङ्गो लागेको छैन् ।




६) डेका रोबर्ट

‘अमेरिकन कम्पनी’ ले बनाएको डेका रोबर्टलाई विज्ञान र रोबोटिक्स क्षेत्रमा एक बलियो उदाहरण मानिन्छ किनकि यो रोबर्टले मानिसलाई बाँच्ने उत्साह र उमङ्ग प्रदान गर्दछ ।

 

कसैको हात, खुट्टा छैन भने उनलाई डेका रोबर्ट वा हात खुट्टा दिइन्छ । डेका रोबर्टको प्रयोगले हात खुट्टा नभएको व्यक्तिलाई महसुस नै हुँदैन कि उनको हात या खुट्टा छैन् ।




७) रोबर्ट स्नेक


रोबर्ट स्नेक आधुनिक किसिमको रोबर्ट हो । यसलाई ‘इलुम’ नामले चिनिन्छ । रोबर्ट स्नेकमा समुन्द«को गहिराइमा पुग्ने क्षमता हुन्छ जँहा भारी वस्तु र मानिसहरु पुग्न सक्दैनन् ।


‘नर्वेगन रिर्सच सेन्टर’ ले बनाएको स्नेक रोबर्ट जहाज मर्मत वा समुन्द«ी सतहभित्र प्रयोग गर्न सकिन्छ । कुनै पनि यान्त्रिक काम यो रोवोटले पानीभित्र सजिलै गर्नसक्छ ।




८) स्पाइडर रोबर्ट


‘रियल स्पाइडर’ जस्तो देखिने यो रोबर्ट परिवर्तनशील छ । यो रोबर्ट विशेष गरी व्यक्तिलाई पछ्याउन प्रयोग गरिन्छ र यति तिव्र गतिमा दौडिन्छ कि मनिसलाई यसले थकाउँछ ।

९) कङगारो रोबर्ट


‘फेस्टो’  ले बनाएको ७ केजी वजन रहेको कङगारो रोवोट हरेक पटक हाम फाल्दा आफ्नो शक्ति वढाउने गर्दछ । एक पटकमा यसले ८० सेन्टीमिट्रसम्म र ४० सेन्टीमिट्र उचाई हाम फाल्ने क्षमता रोबर्टमा छ ।

१०) वटरफ्लाई रोबर्ट

वास्तविक देखिने वटरफ्लाई रोबर्टको वजन ३२ ग्राम र यसमा चार्जेवल ब्याट्रिको प्रयोग गरिएको हुन्छ । १५ मिनेट चार्ज भएपछि कमसेकम ४ घण्टासम्म यो निरन्तर उड्न सक्छ ।
कुनै पनि ठाँउको विस्तृत जानकारी लिन वटरफ्लाई रोबर्टको प्रयोग गरिन्छ । सो ठाँउको सम्पुर्ण जानकारी बटुल्ने क्षमता यो रोबर्टमा हुन्छ । हालसम्मको सबैभन्दा सानो र कम वजन भएको रोबर्टको रुपमा वटरफ्लाई रोबर्टलाई चिनिन्छ ।

रोबर्ट

विशेष