मुख्य समाचार

आजका पत्रपत्रिका : ५ सय सीमा स्तम्भ हराएदेखि ठेकेदार जोगाउने खेलसम्म

आजका पत्रपत्रिका : ५ सय सीमा स्तम्भ हराएदेखि ठेकेदार जोगाउने खेलसम्म

काठमाडौं । राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।

 

कसैले नेपाल भार सीमाका करिब पाँच सय सीमा स्तम्भ गायब भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले सिक्टा सिँचाइमा भएको अनियमितताको विषयलाई उठान गरेका छन् । 

 

आजको नागरिक दैनिकले परिक्षणका क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहरलाई आयोजना कार्यलय आफैंले मर्मत गरेर ठेकेदारलाई उन्मुक्ति दिने चलखेल गरेको खबर लेखेको छ । कालिका कन्स्ट्रक्सनले निर्माण गरेको आयोजनाको अनियमितता लुकाउन र ठेकेदारलाई बचाउन कार्यालय आफैले मर्मत गरेको नागरिक दैनिकले उल्लेख गरेको छ । 

 

यस्तै नागरिक दैनिकले आयल निगम 'जग्गा खरिद प्रकरण : फेरि संसद्मा' शीर्षकमा विशेष खबर छापेको छ । उसका अनुसार अघिल्लो संसदीय समितिले दिएको निर्देशन कार्यान्व्यनमा नआएपछि नेपाल आयाल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितता संसदीय समितिमा प्रवेश गरेको छ ।

 

आजको अन्नपूर्ण पोस्टले भने नेपाल भारत सीमाका करिब ५ सय सीमा स्तम्भ हराएको खुलासा गरेको छ । नेपालको १२ सय हेक्टर भू-भाग भारततिर गएको अनुमा गरिएको पनि अन्नपूर्णले जनाएको छ । 

 

यस्तै अन्नपूर्णले वर्षमा ५ हजार कर्मचारी विदेश जाने गरेको र सरदर २५ दिन घुमेर फर्किने गरेको विषयलाई विशेष महत्वका साथ छापेको छ । कर्मचारीको विशेष भ्रमणमा मात्रै सरकारी कोषबाट वार्षिक २ अर्ब खर्च हुने गरेको  उसले उल्लेख गरेको छ । 

 

नेपालका ७ हजार विद्यालय शौचालय विहीन भएको विषयलाई एङ्कर न्युज बनाएको आजको कान्तिपुर दैनिकले 'मुख्यमन्त्री छक्याउँदै प्रमुख सचिव साटफेर' शीर्षकमा मुख्य समाचार छापेको छ । उसले सबै कर्मचारी केन्द्र मातहत रहेकाले मुख्यमन्त्रीले खटनपटन गर्न नपाएको उल्ललेख गरेको छ । प्रदेश सरकार गठन भएको ६ महिना वितिसक्दा पनि स्वायत्त ढङ्गले चल्न नपाएको कान्तिपुरले लेखेको छ। 

 

आजको नयाँ पत्रिकाले भने 'महिला लाई अदालत : आस न भरोसा' शीर्षकमा मुख्य समाचार छापेको छ । यस विषयका लागि पहिलो पृष्ठको करिब आधा पेज खर्चिएको नयाँ पत्रिकाले महिलाविरुद्ध हुने हिसां, बलात्कार, हत्याका विषयमा आदलतमा पर्ने उजुरीको सुनुवाई एकदमै थोरै हुने गरेको उल्लेख गरेको छ । सर्वोच्चमा गत वर्ष मात्र बलात्कारका ३१७ मुद्दा पर्दा जम्मा ३९ को मात्रै फैसला भएको नयाँ पत्रिकाले लेखेको छ ।

 

यसैगरि आजको कान्तिपुर र नागरिक दैनिकले आमाको नामबाट नागरिकता लिन बाबुको पहिचानको प्रश्न उठ्ने गरि ऐन बनाउने लागिएको विषयलाई पनि महत्वका साथ छापेका छन् । जन्मिदा बाबुको पहिचान नचाहिने तर नागरिकता लिँदा अनिवार्य रुपमा चाहिने व्यवस्था संसद्मा दर्ता भएको विद्येयकमा गरिएको पत्रपत्रिकाले लेखेका छन् ।  

सीमा स्तम्भ सिक्टा सिँचाइ आयोजना

विशेष