मुख्य समाचार

अाजदेखि प्रधानसेनापतिको कार्यभार पूर्णचन्द्र थापाले सम्हाल्दै

अाजदेखि प्रधानसेनापतिको कार्यभार पूर्णचन्द्र थापाले सम्हाल्दै

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहिबार प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति क्षेत्रीले  थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

 

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको ओहदाबाट क्षत्रीले आगामी भदौ २४ गते नेपाली सेनाबाट अवकाश पाउनेछन् । 

 

परम्परा अनुसार क्षेत्री अाज साउन २५ देखि बिदामा बस्ने हुँदा बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका हुन् । बलाधिकृत रथी थापालाई साउन १० गते बसेको मन्त्रिपरिषद्को बैठकबाट साउन २५ गतेबाट लागू हुने गरी प्रधानसेनापतिमा कायम मुकायमकको जिम्मेवारी दिएको थियो ।

 

बलाधिकृत रथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्दैछन् । विसं २०१७ भदौ २५ गते  लमजुङको गाउँशहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए । 

राजेन्द्र क्षत्री पूर्णचन्द्र थापा

विशेष