मनोरञ्जन चलिरहेको फ्लिम

‘चेन्नाई एक्सप्रेस’ को पाँच वर्ष, यस्ता छन् फिल्मका केही रमाइला किस्सा

‘चेन्नाई एक्सप्रेस’ को पाँच वर्ष, यस्ता छन् फिल्मका केही रमाइला किस्सा

नयाँ दिल्ली । बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण स्टारर फिल्म ‘चेन्नाइ एक्सप्रेस’ ले ८ अगस्ट, २०१८ मा पाँच वर्ष पूरा गरेको छ । 

 

८ अगस्ट, २०१३ मा रिलिज भएको उक्त फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका हुन् । फिल्म बलिउडमा सार्वधिक कमाइ गर्ने फिल्ममध्येमा पर्छ र ‘पद्मावत’ पछि दीपिकाको करियरकै सबभन्दा बढी व्यापार गर्ने फिल्म हो ।
 


फिल्मका लागी निर्देशक रोहितको नजरमा दीपिका भन्दा पहिला करिना कपूर परेकी थिइन् । फिल्ममा मिनालोचिनी उर्फ ‘मिनाम्मा’ को भूमिकाको लागि रोहित शेट्टी करिना कपूलाई लिन चाहन्थे । 

 

करिनासँग रोहितले ‘गोलमाल रिटर्नस्’ मा पनि काम गरिसकेका छन् । त्यस समय करिना फिल्म ‘तलाश’ मा व्यस्त भएका कारण उक्त फिल्मको हिस्सा बन्न पाइनन् । 

 

फिल्मको सेट बनाउनमै १.५ करोड खर्च भएको थियो । शाहरुखले उनको हरेक फिल्ममा पहिला नायिकाको नाम आउनुपर्ने शर्त राख्ने गरेका छन् । त्यसकारण ‘चेन्नाइ एक्सप्रेस’ मा पनि सुरुमा दीपिका र त्यसपछि शाहरुख खानको नाम आउँछ । 

 

रोहितले उक्त फिल्मको नाम सुरुमा ‘रेडी स्टेडी गो’ राख्न चाहन्थे । तर, शाहरुख र दीपिकाले ट्रेनवाला दृश्य देखेपछि फिल्मको थिम साउथ भएको कारण त्यसको साटो फिल्मको नाम ‘चेन्नाइ एक्सप्रेस’ राख्न राजी भएका थिए । 

विशेष