मुख्य समाचार

कांग्रेस नेता राणाको निधन

कांग्रेस नेता राणाको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता भरत शमशेर राणाको ९० वर्षको उमेरमा शनिबार विहान कलकत्तास्थित घरमा निधन भएको छ ।


उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनका परिवारका सदस्य नेपाल कांग्रेसका युवा नेता उदय शमशेर राणाका अनुसार उनी शक्रबार रातिसम्म सक्रिय रहेको र खाना खाएर सुतेका थिए।


राणा पहिलो संसद (२०१५ साल) मा प्रमुख प्रतिपक्षी नेता थिए। उनी प्रतिनिधिसभा धादिङ निर्वाचन क्षेत्रबाट निर्वाचित थिए।


गार्खा परिषद्का महामन्त्री समेत रहेका राणाले राजा महेन्द्रको ०१७ सालकोपुस १ गतेको कदमपछि आफ्नो पार्टीलाई निशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए। त्यसपछि उनी भारतमा प्रवास गए।


कलकत्तामा रहदा उनले थुप्रै बंगाली चलचित्रहरु पनि निर्माण गरेका थिए।

नेपाली काँग्रेस

विशेष