मुख्य समाचार

इन्काउन्टरमा मारिएका अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइयाे

इन्काउन्टरमा मारिएका अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइयाे

काठमाडौं । काँडाघारीबाट अपहरण गरिएका  बालक निशान खड्काको हत्या गरेपछि प्रहरीसँग मुठभेड हुँदा इन्काउन्टरमा मारिएका भनिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइएको छ ।

 

शुक्रवार साँझ अबेर परिवारसँगको सहमतिपछि पोष्टमार्टम गरिएको नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारको जिम्मा लगाईएको महानगरीय अपराध महाशाखाले जानकारी दिएकाे छ ।

 

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।

 

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् । ११ वटा गोली लागेको गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।

 

त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा रिपोर्टमा उल्लेख छ ।

अजय तामाङ गोपाल तामाङ

विशेष