प्रधानमन्त्री ओली र डा. केसीबीच वार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच भेटवार्ता भइरहेको छ । १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा डा. केसीले प्रधानमन्त्री ओलीसँग वान टु वान वार्ता गर्न जुटेका हुन् ।
शनिबार मध्यान्ह १२: ३० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा केसी र ओलीबीच भेटवार्ता भइरहेकाे छ। स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार १६ गतेबाट १५ औं अनशा जुम्लाबाट सुरु गरेका थिए।
काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले साउन ९ गते राति अनशन तोडेका थिए।
केपी शर्मा ओली डाक्टर गोविन्द केसी