मुख्य समाचार

विवादमा अायाे धुर्मुस सुन्तली फाउण्डेसन

विवादमा अायाे धुर्मुस सुन्तली फाउण्डेसन

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल (धुर्मुस) ले सरकारलाई वीर अस्पतालमा सफाइ गर्दा अपुग भएको भन्दै ६१ लाख ८३ रुपैैयाँको निवेदन  पेश गरेका छन् । फलतः सरकारले पनि उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।


कट्टलले ४३ लाख २२ हजार ४ सय ज्याला खर्च, १५ लाख १ हजार २ सय ८० खाना तथा खाजा खर्च, ३९ लाख ६१ हजार ३ सय ७२ रंग खर्च, १ लाख ९३ हजार ९ सय ५२ यातायात, टेलिफोन, पानीलगायतमा खर्च भएकोे जनाएका छन् ।


कट्टेलका अनुसार, सरसफाइ गर्दा ९९ लाख ७९ हजार चार रुपैयाँ खर्च भएको छ । त्यसमा २९ लाख ९२ हजार ६ सय ७४ रुपैयाँ विभिन्न स्थानबाट अनुदान पाएको भन्दै अपुग ६९ लाख ८६ हजार तन सय ३० रकम उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । 


उल्लेख गरिएको १५ लाख रुपैयाँ खाजा खर्च र वीरको सरसफाइमाा गरिएको कामदारहरुको परिचालनबारे नेपाल आजले अध्यक्ष कट्टेलसँग प्रश्न गर्दा उनले कामदारहरु सबै सर्लाही र सप्तरीबाट ल्याएकाे बताउँदै उनीहरुलाई ज्यालाको पैसा अलि कम गरेर खाना र खाजाको व्यवस्था गरिने सहमति गरिएको जनाए । कामदारहरु सबैजना काम नसकिनेसमयसम्म वीर अस्पतालमै बसेका थिए । सरकारबाट अनुदान प्राप्त गर्नेवित्तिकै आधिकारिक रुपमा आफूले वीरमा सञ्चालन गरेका कार्यबारे खुलस्त रुपमा बाहिर ल्याउने पनि उनले बताए । उनले थपे, ‘वीर अस्पतालमा गरेको काम वस्ती बनाउँदा गरेको भन्दा पनि चुनौतीपूर्ण र गाह्रो थियो ।’

 


फाउण्डेशनको निवेदन

 


स्वास्थ्य सचिवको प्रस्ताव

 


अर्थ मन्त्रालयको सहमति पत्र

 


१५ लाखको खाजा/खानाः

 


मुख्य सचिवको निर्देशन

उनले खर्च गरेको रकममा ४३ लाख २२ हजार ४ सय ज्याला खर्च, १५ लाख १ हजार २ सय ८० खाना/खाजा खर्च, ३९ लाख ६१ हजार ३ सय ७२ रंग खर्च, १ लाख ९३ हजार ९ सय ५२ यातायात, टेलीफोन, पानीलगायतमा खर्च भएको पनि उल्लेख गरेका छन्।

वीर अस्पताल धुर्मुस सुन्तली फाउण्डेसन सीताराम कट्टेल (धुर्मुस)

विशेष