मुख्य समाचार प्रदेश १

विराटनगर महानगरमा बम विष्फोट गराएको आशंकामा नौ जना पक्राउ

विराटनगर महानगरमा बम विष्फोट गराएको आशंकामा नौ जना पक्राउ

काठमाडाैं ।  विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोटको शंकामा जिल्ला प्रहरी कार्यालय मोरङले ९ जनालार्इ नियन्त्रणमा लिएकाे छ। 


पक्राउ परेकाहरुको नाम र ठेगाना भने गोप्य राखिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरुको राजनैतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले हाल सिसी टिभी फुटेज हेरेर पनि घटनाका बारेमा पत्ता लगाउने प्रयास गरिरहेको जनाएकाे छ।


यसअघि, दिउसो महानगरपालिका कार्यालयको पहिलो तालाको प्यासेजमा विष्फोट भएको थियाे। मेयर भीम पराजुली र प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहालको कार्य कक्षको बीचमा रहेको प्यासेजमा विष्फोट भएको हो।

 

विष्फोटबाट नगरपालिकाको झ्यालका सीसा फुटेका छन्। विष्फोटसँगै मेयर पराजुलीले प्रयोग गर्दै आएको को.१.झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ।

 

 विष्फोट भए लगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाई अपनाएको छ।
 

विराटनगर महानगरपालिका बम विष्फोट

विशेष