मुख्य समाचार

प्रकाण्डलाई थप तीन दिन हिरासतमा राखिने

प्रकाण्डलाई थप तीन दिन हिरासतमा राखिने

काठमाडौं । चन्दा असुलीमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप तीन दिन हिरासतमा राखिने भएको छ। 

 

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले साउन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर पाँच दिनका लागि हिरासतमा राखेको थियो। प्रकाण्डलाई विभिन्न व्यक्तिहरूबाट सात करोड चन्दा असुली गरेको अभियोग लगाइएको छ। 

 

उनले उद्योगपति, व्यवसायीबाट चन्दा असुली गरेको प्रहरीको भनाइ रहेको छ। उनीमाथि चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको हो।
 

नेपाल कम्युनिस्ट पार्टी खड्गबहादुर विश्वकर्मा प्रकाण्ड

विशेष