मुख्य समाचार

अनि हुन्छ सिंहदरबारभित्र ट्राफिक जाम

अनि हुन्छ सिंहदरबारभित्र ट्राफिक जाम

काठमाडौं । सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । 

 

विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ ।

 

सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताएको छ ।

 

दैनिक रुपमा १ हजार ५ सय चार पाङग्रे सवारी साधन र २ हजर मोटरसाइकल सिंहदरबार प्रवेश गर्ने गरेका छन् । 

 

चार वटा गेटमध्ये दक्षिण गेटमात्र सर्वसाधारणका लागि सञ्चालनमा छ । दक्षिण गेटबाटै प्रवेश गर्ने र बाहिररिने गरेको कारण ट्राफिक जम हुने गरेको छ । 

 

सिंहदरबारभित्र पर्याप्त पार्किङ नभएको कारण फुटपाथमा समेत सवारी पार्किङ हुन थालेपछि अहिले भने ट्राफिक प्रहरीले व्यवस्थित गर्ने काम गरिरहेको छ । -  नेपाल समाचारपत्रबाट ।

 सिंहदरबार महानगरीय सुरक्षा प्रहरी गण

विशेष