मुख्य समाचार

एक सातापछि प्रतिनिधिसभाको बैठक बस्दै

एक सातापछि प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । झण्डै एक साताको स्थगितपछि प्रतिनिधिसभाको बैठक अाइतबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।  सरकारले 'बिजनेस' दिन नसकेपछि अघिल्लो सोमबार बसेर बैठक आइतबारसम्मका लागि स्थगन भएको थियो । 

 

संसद सचिवालयमा दर्ता गरिएका थप २ विधेयक परिपक्व भएपछि बैठकमा सरकारले ती विधेयक टेबुल गर्न लागेको छ। बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ। 

 

यस्तै बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

 

 सो विधेयक गत सोमवारको प्रतिनिधिसभा बैठकले दफावार छलफलका लागि समितिमा पठाएको थियो। सोही बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण विधेयक र बीमा विधेयक पनि दफावार छलफलका लागि पठाएको थियो।
 

विशेष