मुख्य समाचार अर्थ कर्पोरेट

चार दिनसम्म साँझको समयमा उद्योगहरूमा लोडसेडिङ हुने

चार दिनसम्म साँझको समयमा उद्योगहरूमा लोडसेडिङ हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी चार दिनसम्म साँझको समयमा उद्योगहरूमा लोडसेडिङ हुने जनाएको छ। भारतबाट आउने एक सय मेगावाट विजुलीको प्रशारण लाइन अबरुद्ध हुने भएसँगै उद्योगमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

 

भारतबाट आउने प्रशारण लाइनमा क्षमता विस्तारको काम हुँदैछ। ढल्केबर–मुजफ्फरपुरसम्मको प्रशारण लाइनको क्षमता विस्तार हुने भएकोले सोमबारदेखि चारदिनसम्म साँझमा विद्युत आपूर्तिमा समस्या आउने विद्युत प्राधिकरणले जनाएको छ।
 

नेपाल विद्युत प्राधिकरण लोडसेडिङ

विशेष