खेल

नेपाली राष्ट्रिय क्रिकेट टोली गस्टको अन्तिम साता मलेसिया प्रस्थान गर्दै

नेपाली राष्ट्रिय क्रिकेट टोली गस्टको अन्तिम साता मलेसिया प्रस्थान गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अगस्टको अन्तिम साता एसिसी एसिया कप छनोटमा सहभागि हुन टोली मलेसिया प्रस्थान गर्दैछ । 

 

पछिल्लो साता मात्र एक दिवसीय अन्तर्राष्ट्रियको पहिलो खेल खेलेको नेपालले एसिया कपमा छनोट हुने लक्ष्य बनाएको छ । एक सातामात्र नेदरल्यान्ड्सविरुद्ध दुई वान–डेको शृंखला खेलमा एकमात्र खेल खेलेका अलराउन्डर शरद भेषावकर  खेलको अभ्यासका क्रममा घाइते भएपछि उनले यो छनोट प्रतियोगिता गुमाउने पक्का भएको छ । 

 

नेपालका लागि एसिया कप छनोटमा भने सागर पुनले नयाँ आशा दिलाएका छन् । पछिल्लो केही सातादेखि सागर मलेसियाको प्रिमियर लिगमा सहभागिता जनाउँदै आइरहेका छन् । ५० ओभरको प्रतियोगितामा सागरले क्वालालम्पुरका लागि ओपनरको भूमिका कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । 

 

सागरले ९ खेलमा २ शतक र १ अर्धशतकको मद्दतले ४ सय ८२ रन बनाइसकेका छन् । उनी सर्वाधिक रन बटुल्ने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा पनि छन् । शरद भेषावकरको अनुपस्थिति र उनको फर्मम फर्कनुले पनि उनलाई १९ सदस्यीय टोलीमा स्थान बनाएको हो । 

 

प्रतियोगिताको तयारीका लागि लागि नेपाली टोली श्रीलंकामा गएर तीन मैत्रीपूर्ण खेल पनि खेल्ले छन् । आउँदो अगस्ट १४ बाट सुरु हुने तयारीका लागि १९ सदस्यीय टोलीको घोषणा भइसकेको छ । नेपाली टोलीका  यस प्रतियोगिताको लागि भारतका अपूर्व सुवोध देशाई ब्याटिङ परामर्शदाताको रूपमा नियुक्त गरिएको छ । 

 

नेदरल्यान्ड्सविरुद्ध खेलमा कमजोर ब्याटिङका कारण १ सय ९० रनको सहज लक्ष्य पछ्याउन नसकेको नेपालले दोस्रो खेलमा पनि राम्रो ब्याटिङ गर्न सकेन् । 

मलेसिया नेपाली राष्ट्रिय क्रिकेट टोली

विशेष