मुख्य समाचार

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले दियो प्रकाण्डलाई उपस्थित गराउने आदेश

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले दियो प्रकाण्डलाई उपस्थित गराउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई हिरासतमा राख्नुको कारण बन्दीसहित उपस्थित गर्न आदेश दिएको छ। 



नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले यस्तो आदेश दिएको हो। 



गत बुधवार चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो। आइतवार थप दुई दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले म्याद दिएको छ।

खड्गबहादुर विक (प्रकाण्ड)

विशेष