मनोरञ्जन भिडियो

सुटिङ रिपोर्टः रामचन्द्र काफ्लेको ‘विदेशीएँ रमाई रमाई’ म्युजिक भिडियोअघि नै हिट (भिडियोसहित)

सुटिङ रिपोर्टः रामचन्द्र काफ्लेको ‘विदेशीएँ रमाई रमाई’ म्युजिक भिडियोअघि नै हिट (भिडियोसहित)

काठमाडौं । गायक रामचन्द्र काफ्लेको स्वरमा हालै सार्वजनिक भएको ‘विदेशीएँ रमाई रमाई’ बोलको गीतको म्युजिक भिडियोको सुटिङ हालै सकिएको छ । 

 

वैदेशिक रोजगारीमा जान बाध्य एक नेपाली युवाको जीवनमा कस्ता कस्ता आँधीबेहरी सिर्जना हुन्छन् भन्ने भाव गीतमा प्रस्तुत छ । जसका कारण यो गीतले परदेशिएका लाखौं नेपाली युवाको मन छोइसकेको छ । 

 

‘विदेशीएँ रमाई रमाई, पठाएँ सारा कमाई
परि उसको भरमा, फर्कि आउँदा रै न छे ऊ घरमा’

 

वैदेशिक रोजगारीमा जानु हरेक नेपालीको विवशता हो । यस्तो विवशतामा परेका युवाहरु मध्ये केही त्यस्ता अभागी पनि हुन्छन् जो घर फर्केर आउँदा उसले मेहनतले कमाएको धन हुँदैन । अग्नी साक्षी राखेर भित्र्याएकी पत्नी पनि अरु नै कसैको भइसकेकी हुन्छिन् । यो तीतो सत्य गीतमा छ । 

 

‘के होर जाबो तीन वर्ष ? तस्बीर हेर्दै दिन कट्छ 
भन्ने त्यो मेरी सानीले चटक्कै छोडी गइछे’

 

गीतमा यस्ता धेरै हरफ छन् जसले जीवनमा धोका पाएका नेपाली युवाको आँशु बोल्छ । मन चूँडिन्छ । त्यो पीडा गीतमा छ । 

 

गीतका विषयमा गायक काफ्लेले भने, ‘एक नेपाली युवाले विदेशमा पसिना बगाएर कमाएको धन स्वदेशमा सबैभन्दा बढी विश्वास गरिएकी पत्नीबाटै दुरुपयोग हुँदाको अवस्था गीतमा चित्रण गरिएको छ ।’ 

दिनेश सुवेदीको शब्द, बबुल गिरीको संगीतमा तयार भएको मार्मिक गीतको म्युजिक भिडियोमा मुख्य भूमिका विजय बराल (कबड्डी कबड्डीका बिके) र सम्पदा बानियाँले निर्वाह गरेका छन् ।

भिडियोको निर्देशन शशांक कँडेल र सिनेम्याटोग्राफी अर्जुन तिवारीले गरेका छन् । निर्माता जुनु रिजाल काफ्ले हुन् । 
 

रामचन्द्र काफ्ले जुनु रिजाल काफ्ले

विशेष