मुख्य समाचार

तरकारीको भाउ अस्वाभाविक रूपमा बढ्याे

तरकारीको भाउ अस्वाभाविक रूपमा बढ्याे

काठमाडौं । अबिरल वर्षा, बिचौलिया र भारतबाट कम आयात भएपछि काठमाडौंमा तरकारीको भाउ अस्वाभाविक रूपमा बढेको छ ।

 

कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ । समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रूपमा सस्तो हुन्छ।

 

आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो । समितिका अनुसार थोकमा प्रति किलो १ सय १५ रुपैयाँ पर्ने हरियो धानिया अहिले ५ सय ९५ र प्रति किलो १९ रुपैयाँ पर्ने सानो गोलभेँडा दोब्बर बढेर ३९ रुपैयाँ पुगेको छ सामान्य : कालीमाटी बजारमा दैनिक ६ सयदेखि साढे ६ सय टन तरकारी भित्रिन्छ ।

 

तरकारीको परिमाणमा कुनै कमी नभए पनि मूल्य भने अस्वाभाविक रूपमा बढेको छ ।

तरकारी

विशेष