मनोरञ्जन

निधन नभएको भए आज श्रीदेवी ५५ वर्ष पुग्थिन्, उनको अन्तिम रातबारे मुख खोले बोनी कपुरले 

निधन नभएको भए आज श्रीदेवी ५५ वर्ष पुग्थिन्, उनको अन्तिम रातबारे मुख खोले बोनी कपुरले 

नयाँ दिल्ली/एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवी १३ अगस्ट १९६३ को दिन शिवकाशीमा जन्मिइन् । यदि आज उनी जीवीत थिइन् भने उनी आफ्नो ५५ औं जन्मदिन मनाइरहेकी हुन्थिन् । २४ फेव्रुअरी २०१८ को दिन उनले यस संंसारलाई अलविदा गरिन् । दुबईस्थित एक होटलको बाथटबमा डुबेर श्रीदेवीको निधन भयो । घटना घटेको रात आखिर के भएको थियो ? भन्नेबारे श्रीदेवीका पति बोनी कपूरले यस्तो बताएका थिए । 

 

बोनी कपूरले भारतीका एक पत्रकारसँग गरेको कुराकानीअनुसार, बोनीको २४ फेब्रुअरीको दिन विहान श्रीदेवीसँग कुरा भएको थियो । उनले बोनीलाई भनिन्, ‘पापा (श्रीदेवी बोनीलाई पापा भनेर बोलाउँथिन् ।) मलाई तपाईंको एकदमै याद आइरहेको छ । मैले पनि उसलाई त्यही भनें । तर मैले उसलाई म त्यही दिन उसँग दुबइमा हुने पार्टीमा भाग लिँदैैै छुु भन्ने कुरा भने बताइन् । मलाई दुबइ पठाउने आइडिया छोरी जान्वीको थियो । किनभने उसलाई श्रीदेवी एकलैै बस्न सक्दिनन् भनेर चिन्ता थियो । उसलार्ई श्रीदेवी एक्लो भएर उनी आफ्नो पासपोर्ट या केही आवश्यक डकुमेन्टस् हराउलीन् भन्ने चिन्ता लागिरहेको थियो ।’

 

२४ वर्षदेखि सँगै कुनै ट्रिपमा गएका थिएनन्
 

बोनी कपूरको अनुसार, पछिल्लो २४ वर्षदेखि दुवैले एकसाथ विदेश भ्रमण गरेका थिएनन् । जब दुई फिल्मकोे स्पेसल अपेरियन्सको लागि श्रीदेवी न्यूजर्सी र भ्यान्कुवर गइन् तब बोनी कपूर उनीसँग थिएनन् । बोनीले भने, ‘यी दुुई ट्रिपमा म श्रीदेवीसँगा थिइनँ । तर म निश्चित थिएँ किनभने दुुवैपटक मेरो साथीकी श्रीमती उनीसँगै थिइन् । दुबइ स्टे पहिलो पटक एक यस्तो समय थियो की विदेशमा उनी दुई दिनसम्म एक्लो थिइन् ।’

 

बोनी, श्रीदेवी र कान्छी छोरी खुसीसँग २० फेब्रुअरी २०१८ मा भान्जा मोहित मारवाहको विवाहमा गएका थिए । २२ फेब्रुअरीमा लखनाउमा एक जरूरी मिटङमा जानको लागि फर्किएका थिए । श्रीदेवी सपिङको लागि दुबइ होटलमा नै बसेकी थिइन् ।
२४ फेब्रुअरी दिउँसो साढे ३ बजेको फ्लाइटमा बोनी दुबइको लागि निस्किएका थिए  र साँझ ६ः२० (दुबइ टाइम) मा पुगेका थिए । होटल पुगेर बोनी र श्रीले एकअर्र्कालाई अंगालो हाले चुम्बन गरे र श्रीमान श्रीमती आधा घण्टासम्म कुराकानी गरेर बसे । त्यसपछि बोनी फ्रेस हुन गए र फर्किएर श्रीदेवीसँग डिनरको प्लान बनाए । 

 

२४ वर्ष पुरानोजस्तो थियो त्यो सरप्राइइज
 

बोनी दुबइ गएर श्रीदेवीलाई दिएको सरप्राइज ठिक त्यस्तै थियो जुन उनले २४ वर्ष अघि सन् १९९४ मा ब्यांलोर ट्रिपमा दिएका थिए । त्यस समय श्रीदेवी अनिल कपूरसँग फिल्म ‘मिस्टर बेचारा’ को सुटिङ गरिरहेकी थिइन् । बोनीले फोनमा श्रीदेवीसँग पुरै रात कुरा गरेका थिए । श्रीदेवीले बोनीलाई विहान चाँड्रै सुटिङको लागि उठ्नुपर्ने त्यसैले उनलाई अब सुत्नुपर्ने बताएकी थिइन् । बल्ल बोनी मानेका थिए । तर, त्यस रात श्रीदेवी मुश्किलले दुईदेखि तीन घण्टा निदाउन पाएकी थिइन् । 

 

विहान उठेर मेकअप पनि गर्न भ्याएकी थिइनन् बोनीले उनलाई जिन्दगीकै सबभन्दा राम्रो सरप्राइज दिएका थिए । बोनी श्रीदेवीको रुमको बाहिर उभिइरहेका थिए । बोनीले श्रीदेवीलाई खुब घुमाए । फिल्म युनिट बोनीको यस सरप्राइज भिजिटबारे अनविज्ञ थिए । सबैलाई उनी आप्mना भाइ अनिल कपुरलाई भेट्न आएका हुन् भन्ने लागिरहेको थियो । 

 

त्यस दिन बोनी फ्रेस भएर आए पछि श्रीदेवी होटलको मास्टर बाथरुममा नुहाउन र तैयार हुन गइन् । बोनी लिभिङ रुममा टिभीमा साउथ अफ्रीका र इण्डियाको म्याच हेर्न थाले । केही मिनेट पछि उनले च्यानल परिवर्तन गरे र पाकिस्तान सुपर लिग क्रिकेट म्याच हेर्न थाले । १५—२० मिनेट पछि करिब ८ बजे उनी टिभी हेरेर उठे । उनलाई लाग्यो की धेरै ढिला भयो भने  रेस्टुरेन्ट फुल हुन सक्छ । 

 

उनले लिभिङ रूमबाट श्रीदेवीलाई दुुईपटकसम्म बोलाए । तर भित्रबाट केही आवाज आएन । फेरि उनले टिभीको भोलुम कम गरे । तर पनि केही जवाफ पाएनन् । त्यसपछि बोनी बेडरुममा गए र बाथरुमको ढोका ढक्ढक्याए तैपनि आवाज आएन । बोनीले ठूलो ठूलो स्वरमा ‘जान जान’ भनेर बोलाए पनि आवाज आएन । 

 

अन्त्यमा बोनीले बाथरुमको ढोका खाले जुुन भित्रैबाट बन्द थिएन । भित्र पुग्दा उनले श्रीदेवी बाथटबमा पानीले भरिएको अवस्थामाा देखे । श्रीदेवी पुरै शिरदेखि पाउसम्मै डुबेकी थिइन् । बोनी श्रीदेवीको नजिक पुगेर हेर्दा उनमा केही हलचल थिएन । बोनी पुरै  डराएका थिए ।  

shree devi

विशेष