भदौ १ गतेदेखि सडकमा गिटीबालुवा थुपारे २५ हजार जरिवाना
काठमाडौँ । सहरी क्षेत्रमा घर निर्माण गर्ने घरधनीले सडकमै निर्माण सामग्री थुपारेको देखिएकाे भन्दै अब त्यस्ता सडकमा निर्माण सामग्री थुपार्ने घरधनीलार्इ कारबाही गर्ने एेन अाएकाे छ । सडकमा त्यसरी निर्माणजन्य सामग्री थुपार्दा आवागमनमा अवरोध पुग्नुका साथै दुर्घटनासमेत निम्तने गरेका छन् ।
भदौ १ गतेदेखि लागु हुन लागेको मुलुकी अपराध संहिता ऐन–२०७४ ले पनि सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुने व्यस्था लागु गर्न लागेको छ ।
उक्त कानुनअनुसार कसैले कुनै काम गरी वा आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सम्पत्तिको स्याहार सम्भार नगरी सार्वजनिक बाटो, नदी वा अन्य कुनै सार्वजनिक स्थलमा कसैलाई कुनै खतरा, बाधा वा अबरोध पुर्याए २५ हजार रुपैयाँसम्म जरिबाना गर्न लागेको हो ।