कभर स्टोरी भिडियो

४५ बालबालिकालाई निःशुल्क आवासीय शिक्षा (भिडियोसहित)

४५ बालबालिकालाई निःशुल्क आवासीय शिक्षा (भिडियोसहित)

काठमाडौं । संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीलाई अहिले समाजका अन्य व्यक्तिहरुले पनि साथ दिएका छन् । उनको केन्द्रमा ४५ बालबालिका छन् । ती बालबालिकालाई पढाउने जिम्मेवारी भिमदेव माविका पूर्वप्रधानाध्यापक बालकृष्ण भण्डारीले लिएका छन् । उनले कक्षा ५ सम्म आफैले पढाउँछन् । त्यसमाथि अर्को विद्यालयमा भर्नाको प्रबन्ध मिलाइएको छ । 

 

अपांगता भएकाहरुका लागि आश्रम खोल्ने उद्देश्यले तिलबहादुरले सप्ताह भागवत पुराण लगाउँदादेखि नै बालकृष्ण उनको साथमा छन् । गोकर्णमा रहेको आश्रमको दृश्य हेर्दा यो संस्था अहिले पनि संकटमा बाँचिरहेको छ । सो केन्द्रमा तिलबहादुरकी पत्नी अञ्जु लिम्बु पनि छिन् । अञ्जुले तिलबहादुरलाई सहयोग गरिरहेकी छन् । बालबालिकालाई हेरविचार गर्नु भएकोले अञ्जुले अस्पतालमा उपचाररत आफ्ना पति तिलबहादुरलाई भेटन जान पनि पाएकी छ्रैनन् । 



केन्द्रका बालबालिकालाई स्याहार गर्दैमा अञ्जुको समय बित्छ  । तिलबहादुर संस्थाको कामले अक्सर केन्द्र बाहिर हुन्छन् । अञ्जु भन्छिन्, ‘उहाँ बाहिरको काम गर्नु हुन्छ । म घर सम्हाल्छु ।’ सिएनएन हिरोका लागि तिलबहादुरको नाम पनि मनोनयनमा परेको छ ।
 

तिलबहादुर कार्की

विशेष