मुख्य समाचार

पशुपन्छी सडकमा छाडे तीन महिना कैद

पशुपन्छी सडकमा छाडे तीन महिना कैद

काठमाडौँ । काठमाडौँका काँठ क्षेत्र र उपत्यका बाहिरका थुप्रै स्थानमा छाडा चौपायाले समस्या निम्त्याउनु नौलो विषय होइन । विशेषगरी उच्च सवारी चाप भएका ठाउँमा त्यस्ता चौपायाले दुर्घटनासमेत गराउने गरेका छन् ।

 

काँठ क्षेत्रमा जन्मिएका गार्इका बाच्छाहरू हुर्किएपछि सडकमा ल्याएर छाड्ने चलन तीव्र छ । भदौ १ गतेदेखि लागु हुन लागेको मुलुकी अपराध संहिता ऐन–२०७४ ले उक्त कार्यलाई निषेध गरेको छ ।

 

संहिताले अाफ्नाेवा अाफ्नाेनियन्त्रण वा जिम्मा रहेको  कुनै पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो वा सार्वजनिक स्थलमा छाडा छोड्न नपाउने व्यवस्था लागु गर्न लागेको हो ।

 

त्यसरी नै पशु, चौपाया, पन्छीहरू छाड्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
त्यस्तै कसैले अाफ्नाेवा अाफ्नाेनियन्त्रण वा जिम्मामा रहेको हिंस्रक वा अन्य कुनै पशुपंक्षी राख्दा वा पाल्दा सावधानी अपनाउनु पर्नेछ ।

 

कदाचित् सावधानी नअपनाइ पशुपंक्षीबाट कसैको ज्यान जान सक्ने, कसैलाई चोट पुगे एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिता ऐन–२०७४

विशेष