मुख्य समाचार

निजी मेडिकल सञ्चालकहरुले अवैध अाैषधीदेखि ड्रग्सकाे व्यापार गर्ने थाले

निजी मेडिकल सञ्चालकहरुले अवैध अाैषधीदेखि ड्रग्सकाे व्यापार गर्ने थाले

बझाङ । बझाङका निजी मेडिकलहरु सञ्चालकहरुले महँगो अवैध अाैषधी बिक्री वितरण गर्ने गरेको पाईएको छ । सदरमुकाम चैनपुरमै यस्ताे अवैध कार्य गाेप्य रुपमा भइरहेकाे एक स्राेतबाट खुल्न अाएकाे छ ।

सरकारले बिक्री वितरणमा कडाइ लगाउँदै अाएका अतिसंवेदनशिल अाैषधीकाे बिक्री वितरण जटिल खालका राेगीलार्इ मात्र गर्न पाउने र विशेषज्ञ चिकित्सककाे सल्लाह बमाेजिम मात्र सेवन गर्न दिने कानुनमा उल्लेख छ । तर बझाङमा सामान्य स्वास्थ्य कर्मीले पनि फोटिम, नाइट्राजेपाम, ओपिडल लगायत ७ चक्की र सुईमा फिनरागन र डाईजिपान लगाएत ५ किसिमका औषधी बेच्ने गरेकाे स्राेतले बतायाे ।

यी मेडिकल सञ्चालकहरुले धनगढीबाट विभिन्न गाडी सञ्चालकहरुसँग सहकार्य गरेर यस्ता अवैध अाैषधी बझाङ पुगाउने गरेका छन् ।


मेडिकलबाटै ड्रग्सकाे व्यापार

बझाङका निजी मेडिकलहरुले ड्रग्सकाे व्यापार समेत गर्ने गरेकाे रहस्य पनि खुलेकाे छ । सुरुमा गाँजाकाे लत बसाली दिने र पछि सुर्इसम्म पुगाउने गरेकाे थाहा भएकाे छ । गाँजाबाट सुरु गरेकाे युवाहरु विस्तारै सुर्इ लगाउन समेत थाल्ने र व्यापार फस्टाउने भएकाले यस्ताे व्यापार भइरहेकाे बताइएकाे छ ।

अाजभाेली सदरमुकाम चैनपुरमा युवाहरु नशामा देखिने गरेका छन् । यस्ता लागुअाैषध सेवन गरिरहेका युवाहरुले बजारमा चाेर्ने, झगडा गर्ने जस्ता घटना घटाउन थालेका छन् ।

पढ्नकाे लागि सदरमुकाममा काेठा भाडामा लिएर बस्ने युवाहरु विशेषगरी यस्ता कार्यमा संलग्न हुनेगरेका बताइएकाे छ । याे कुरा न अभिभावकले ख्याल गरेका छन् न त प्रहरी प्रशासनले नै ।

युवाहरु लागु पदार्थकाे सेवनले दिनानुदिनु बिग्रीरहेकाे जिल्ला अस्पतालका डाक्टर अनुप रेग्मीले स्विकार गर्छन् ।

 

 

अवैध अाैषधी लागु अाैषध

विशेष