प्रधानमन्त्रीज्यू, जनतालाई प्रत्यक्ष भेट्नुहोस्
पूर्ण ओली
प्रधानमन्त्रीज्यू जहाँ जानुहुन्छ उहाँका आफ्नै नजिकका मानिसको घेर भइहाल्छ । निवासमा होस या कार्यलयमा वा कुनै भिजिटमा जाँदा सर्बसाधरणसँंग प्रत्यक्ष कुराकानी हुन धेरै मुस्किल हुन्छ । निश्पक्ष इमान्दार विद्वानदेखि शोषित पीडित जनताले समेत आफ्ना प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्ने अवसर पाउनुपर्छ । त्यस्कालागि उहाँले आफै पहल लिएर भेट्न चाहनुहुन्छ भने मात्र भेट्न सक्नुहुन्छ । राजा महेन्द्रले जनतासंँग प्रत्यक्ष भेट्ने गर्दथे । जसबाट सर्वसाधरण जनतालाई परेको मर्का प्रत्यक्षरुपमा बुझ्न पाउंँथे । जस्को समाधान तुरुन्त गर्न सकिन्थ्यो । त्यसैले उनले जनताको राम्रो सहयोग पाएर राष्ट्रहितमा धेरै ठोस कार्यहरु गर्न सफल भएका थिए ।
छिमेकी राष्ट्रसँंगको समदुरीको सम्बन्ध कायम राख्नदेखि देशभित्र धेरै उद्योगहरुको शुरुवात गरी जनतालाई रोजगारीका अवसर सिर्जना गरेका थिए । अहिलेको सरकारबाट पनि जनताले यस्ता उद्योगहरु खासगरी कृषिमा आधारित उद्योगहरुबाट देश आत्मनिर्भर हुने र रोजगारीका अवसर बढ्ने आस गरेका छन् । हामी अझै पनि म्यानपावर कम्पनीलाई बढी प्राथमिकता दिंँदै रेमिट्यान्सबाट देशको खर्च चलाउन ध्यान दिँदैछौं ।
कमसेकम युवाहरुलाई स्वदेशमै रोकेर राख्ने ठोस योजना सरकारले प्रस्तुत गर्नुपर्छ ।
यस लेखको बिषय प्रधानमन्त्रीले जनतालाई प्रत्यक्षरुपमा भेटेर उनीहरुका समस्या एकिन गर्ने बारेमा छ । सरकारका अंगहरुबाट पनि खबरहरु आउन सक्छन् तै पनि कतिपय कुराहरु आफ्ना निजी सल्लाहकारहरु हुन् या बिशिष्ठ ब्यक्तिहरु हुन् उनीहरुले पनि प्रधानमन्त्रीज्यूको आसय या बिचारअनुसार नै कुरा राख्छन् । अपवादका रुपमा मात्र केहि हिम्मतिलाले मात्र प्रष्ट कुरा राख्न सक्छन् । तर उनीहरुको ओहोदा जोखिममा पर्नसक्छ । त्यसैले कतिपय राष्ट्रहित र जनहितका कुराहरु ओझेलमा परिराखेका हुन्छन् । निकै ढिला भइसकेर कुरा बिग्रिन थालेपछि मात्र प्रधानमन्त्रीलाई बास्तविक कुराको जानकारी हुनसक्छ ।
जनता र राष्ट्रको हितकोलागि भनेर आफ्नो ज्यानसमेत जोखिम पारेर संघर्ष गर्दै सर्वोच्च पदमा आसिन प्रधानमन्त्रीज्यूले अवसरलाई साँच्चै नै सदुपयोग गर्ने हो भने बिभिन्न तरिकाबाट भए पनि जनताबीच जानैपर्छ । सधैभर अघिपछि शुरक्षाकर्मीका ताँती लगाएरमात्र हिंँडन आपश्यक छैन । कहिले काहिँ सुरक्षा अंगहरुलाई कोभर्टरुपमा (सिभिल ड्रेस) केहि वरपर राखेर आफूलाई साधरण जनताजस्तो बनाएर जान सकिन्छ । कहिले बजारमा गएर जनतासंँग महँगीका बारेमा कुरा गर्न सकिन्छ । कहिले किसानका खेतमा गएर उनीहरुका आवश्यकता पानी, मल बिऊका बारेमा कुरा गर्न सकिन्छ ।
पहाडी इलाकामा गएर उनीहरुसंग बाढीपहिरोदेखि कृषि उत्पादनमा भएका समस्या बारेमा कुरा गर्न सकिन्छ । कहिले तराइमा गएर उनीहरुका सिचाइंका समस्या बारेमा कुरागर्न सकिन्छ । सिमानामा भएका डुबान, आपराधिक गतिबिधि बारेमा प्रत्यक्ष जानकारी लिन सकिन्छ । त्यस्तै गरीब जनताको रुपमा मालपोत, कर, भंसार तथा प्रहरी प्रसासन कार्यलयमा छिर्न सकिन्छ । जहाँबाट जनताका बास्तविक गुनासा प्रत्यक्षरुपमा अवगत हुन सक्छ ।
यस्ता गतिविधि आक्कलझुकल मात्रै गर्ने हो भने पनि यसले आम नागरिकलाई राहत नै दिन्छ । केही सुधारका कामहरु प्रधानमन्त्रीले थाल्न सक्छन् । यो एक अनुगमनको विधि हो । यसले कर्मचारीलाई धेरै नै सचेत र सतर्क बनाउछ । त्यसपछि जनताको आशा एवं विश्वास सरकारप्रति बढेर जानेछ ।
जनता महँगी र भ्रष्टाचार आक्रामक तरिकाबाट नियन्त्रण होस भन्ने चाहन्छन् । सहरमा फोहोरमैला व्यवस्थापन, हरितनगरीको योजना, सडक स्तरोन्नतिभएको जनताले हेर्न चाहेका छन् । भ्रष्ट र काम नगर्ने निकायका प्रमुख तथा कर्मचारीलाई भातृ संगठनको सदस्य भए पनि कारवाही भएको हेर्न चाहन्छन् । गत असार महिनामा सडकको नाममा खर्च गरिएको अर्बाैं रुपियाँबाट जनतालाई कुनै लाभ हुन नसके पनि सम्बन्धित बिभागका कर्मचारी र प्रमुखहरु अवश्य पनि धेरै लाभान्वित भए होलान् ।
त्यसैले त्यस्ता भ्रष्ट कर्मचारी र ठेकेदारलाई मात्र भए पनि कारबाही गर्ने हिम्मत सरकारले गरोस् । सरकारको सक्कली चरित्र कुराबाट होइन व्यवहारबाट देखिन्छ । त्यसैले सरकारसँंग अब बिरोधी दलसँंग पौंठेजोरी खेलेर बस्ने छुट छैन । जनहितमा ठोस काम गरेर देखाउने बेला छ । नत्र सरकारका भविष्यका दिनहरु झनै कठिन हुन सक्छन् । सरकार बेलैमा होसियार भएर शुसासन र बिकासको गतिलाई समयमै अघि बढाओस् ।
(लेखक नेपाली सेनाका पूर्वमहासेनानी हुनुहुन्छ ।)
[email protected]
चाबहिल सरस्वतीनगर काठमाण्डौ
२०७५ साउन २८