Technology

नेपाल टेलिकमकाे भन्दा एनसेलकाे प्रयोकर्ता किन बढी ?

नेपाल टेलिकमकाे भन्दा एनसेलकाे प्रयोकर्ता किन बढी ?

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको अवस्था अन्य टेलिकमको तुलनामा धरासायी बनेको छ । तर नेपाल टेलिकमले अझैं आफ्नै प्रयोगकर्ता बढी रहेको दाबी गर्दै आएको छ । 


अहिलेसम्मको तथ्यांकलाई आधार मान्ने हो भने निजी क्षेत्रको दुरसञ्चार सेवाप्रदायक एनसेल बढी कर भुक्तान गर्ने कम्पनीमा पर्छ । क्षेत्रगत सुविधा विस्तार बढी गरेको भएपनि नेपाल टेलिकमले कर भने एनसेलको भन्दा थोरै तिर्ने गरेको छ । 


समग्र सेवाको आधारमा नेपाल टेलिकमको ग्राहक संख्या बढी भएपनि जिएसएम मोवाईल सक्रिय प्रयोगकर्ताका हिसाबले एनसेल अगाडी छ । हालसम्म एनसेलले डाटा र जिएसएम बजारमा लिडिङ् नै गरिरहेको छ । 


अहिले ताजा तथ्यांक अनुसार नेपाल टेलिकमको ७५ लाख ५७ हजार ६ सय ५३ अर्थात ३६.८६ प्रतिशत, एनेसेलका जिएसएम प्रयोगकर्ता एक करोड २५ लाख ८९ हजार एक सय ५० अर्थात् ६१.४० प्रतिशत, र स्मार्टको ३ लाख ५२ हजार ९० जना रहेका छन् ।

 
यी तथ्यांकलाई केलाउने हो भने् नेपाल टेलिकमको गुणस्तरमाथि प्रश्न पनि तेर्सिन थालेको छ । सरकारी दुरसञ्चार सेवा प्रदायक कम्पनी भएर पनि ग्राहक संख्या घट्दै जानु, अझैं पनि देशका सबै ठाउँमा पहुँच नपुग्नु, बेला बेला समस्या आइरहनु र इन्टरनेट सेवा गुणस्तर नहुनुले गुणस्तरमाथि प्रश्न उठेको हो । 


नेपाल टेलिकमले अन्य टेलिकम जस्तो द्रुत गतिको इन्टरनेट नपुर्‍याउन सक्नु र बेला बेला फोनमा समस्या आउने समस्याले आफ्ना ग्राहक गुमाईरहेका जानकारहरु बताउँछन् । 


यसका अलावा नेपाल टेलिकमको प्याकेजहरु अझैं निजी टेलिकमभन्दा महँगा हुनाले पनि प्रयोगकर्ताहरु घटेका हुनसक्ने प्रयोगकर्ताहरुको ठम्याइ छ । 

कम्पनी नेपाल टेलिकम एनसेल दुरसञ्चार सेवा

विशेष