मुख्य समाचार

निसीखोला खाेलामा बेपत्ता सासु बुहारीकाे अझैं अवस्था अज्ञात

निसीखोला खाेलामा बेपत्ता सासु बुहारीकाे अझैं अवस्था अज्ञात

बागलुङ ।  निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर बुधबार बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका छन् ।

 

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको  तर अझैं अवस्था अज्ञात रहेकाे इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । 

 

घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पुर्‍याएको बताइएको छ ।रासस

बागलुङ निसीखोला गाउँपालिका

विशेष