मनोरञ्जन

बलिउड अभिनेता इरफान खानलाई क्यान्सर

बलिउड अभिनेता इरफान खानलाई क्यान्सर

नयाँ दिल्ली, एजेन्सी । बलिउड अभिनेता इरफान खानलाई क्यान्सर भएको छ । हालै उनी लण्डनमा छैटौं पटकको किमो लिइरहेका छन् । पाचौं किमोपछि गाह्रो महशुश भएर उनलार्ई अस्पताल भर्ना गरिएको थियो ।

 

इरफान पछिल्लो समय वेब सिरिज गोर्मिन्टमा काम गरिरहेका थिए । स्वस्थ अवस्था खराब भएर उक्त काम छोड्नु परेको भन्दैै उनले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । 

फेसबुकमार्फ उनले उक्त सिरिजको धेरै भागहरु छायांकन भएको र काम गर्दा निमै रमाइलो भएको बताएका छन् । यसका साथै उनले सिरिजका सबै सदस्यहरुलाई उनको समस्या बुझिदिएकोमा धन्यवाद पनि व्यक्त गरेका छन् । 
 

Irfan Khan

विशेष