मुख्य समाचार

कलंकीको अन्डर पास शुक्रबारदेखि सञ्चालनमा आउने

कलंकीको अन्डर पास शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौं । कलंकीको अन्डर पास शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । अन्डरपास सञ्चालनमा आएपछि कलंकीमा हुने जाम हट्ने विश्वास गरिएको छ । कलंकीमा बाहिरबाट आउने गाडी तथा उपत्यकामा गुड्ने गाडीको 'जक्सन' भएकाले बढी जाम हुने गरेकोछ ।

 

कलंकी-कोटेश्वर सडक विस्तारअन्तर्गत् अन्डरपास निर्माण भएको हो । समग्र परियोजना डिसेम्बर २०१२ र अन्डरपास सन् २०१६ मा निर्माण थालिएको थियो । कलंकी-कोटेश्वरमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ २/२ लेनका सर्भिस र साइकल ट्रयाक निर्माणाधीन रहेको इन्जिनियर निरञ्जन अर्याल शर्माले जानकारी दिए ।

चीनको अनुदान सहयोग र चिनियाँ कम्पनी 'दी थर्ड रेल्वे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसन'को डिजाइनअनुसार उक्त 'अन्डरपास' चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको हो । नेपालकै पहिलो अन्डरपास सुरुङको लम्बाइ आठ सय मिटर छ ।


अन्डरपास बनेपछि बल्खुबाट स्वयम्भु जाने गाडी सोही अन्डरपासबाट जानेछन् भने थानकोटबाट काठमाडौं भित्रिने गाडी अन्डरपास माथिबाट गुड्नेछन् । यसबाट कलंकीको जाम हट्ने अपेक्षा गरिएको छ ।

 

कलंकी अन्डर पास

विशेष