खेल

अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित

अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोनाको सानदार जित

काठमाडौं । प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अन्तिम मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्समाथि ३-० को अन्तरले जित हात पारेको हो ।


बार्सिलोनाको जितमा माल्कोम, कप्तान लियोनेल मेस्सी र राफिन्हाले गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले खेलको १८ औं मिनेटमा अग्रता लिएको थियो । 



१८ औं मिनेटमा यसै सिजन बार्सिलोनामा अनुबन्धित भएका माल्कोमको गोल मार्फत बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो । ३९ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० ले अघि बढेको थियो । त्यसपछि दोस्रो हाफमा एक मात्र गोल हुनसक्यो ।



६७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए । स्पेनिस ला लिगा १८ अगस्टबाट शुरु हुदैछ । बार्सिलोनाले १९ अगस्टमा घरेलु मैदानमा अलाभेससँग खेल्दै ला लिगाको शुरुवात गर्नेछ ।

बार्सिलोना

विशेष