मनोरञ्जन

अलग अगल शहरमा रहेर पनि सधैँ सोनमसँग खाना खान्छन् आनन्द अहुजा

अलग अगल शहरमा रहेर पनि सधैँ सोनमसँग खाना खान्छन् आनन्द अहुजा

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूर केही समयअघिमात्र बिजनेसम्यान आनन्द अहुजासँग् विवाह बन्धनमा बाँधिइन् । यी दुवै कामकाजी छन् । जसकारण एक अर्काको लागि समय निकाल्न गाह्रो हुन्छ । कामको प्रेसर यत्ति धेरै हुन्छ की, कयौं पटक हप्तौंसम्म एकअर्काको अनुहारसमेत पनि देख्न पाउँदैनन् उनीहरु । यसकासाथै दुवैजना अलग अलग शहरमा काम गरिरहेका भएर पनि समय मिलाउन उनीहरुलाई हम्मे हम्मे पर्छ । 

 

हालै मुम्बइस्थित भएको एक कार्यक्रममा आनन्दले आफ्नो वैवाहिक जीवनमा कामको प्रेसर कसरी सामना गर्छन् भन्नेबारे बताएका छन् । 
सोनम व्यस्त अभिनेत्री हुन् भने आनन्द एक व्यस्त बिजनेसम्यान । उनीहरुको जीवन एकदमै ‘हेक्टिक’ छ । आनन्द बढी समय दिल्लीमा बस्छन् भने सोनम मुम्बइमा बस्ने गर्छिन् । कामले गर्दा दुवैलाई धेरैजसो बाहिर गइरहनुपर्ने हुन्छ । जसले गर्दा दुवैले एक अर्का को लागि कम समय निकाल्न पाउँछन् । 

 

विवाह भएको तीन महिना भन्दा बढी भइसक्यो तैपनी उनी हरु हनिमुन मनाउन जान पाएका छैनन् । कार्यक्रममा आनन्दले एक अंग्रेजी अखबारलाई दिएको अन्तर्वातामा विवाहपछि सानो सानो कुरा पनि ख्याल हुने बताए । उनले भने, ‘हामी भेट्न पाउँदैनौं । अलग अलग टाइम जोनमा भएपनि हामी स्काइपमा सँगै खाना खाने गर्छौं हामीले आफूहरु जहाँ रहेपनि र जेसुकै भएपनि एक हप्ता भन्दा बढी एकअर्कालाई भेट्नै पर्ने नियम बनाएका छौं ।’

 

कुराकानीको क्रममा आनन्दले भने की सोनमसँग भेट हुनु पहिला दुवैले करिब सात महिनासम्म फोनमा कुराकानी गरेका थिए । दुवैले एकअर्कालाई देखेका पनि थिएनन् तर आफूहरु मायामा भएको कुरा महशुश गरेका थिए । पछि दुवैले एकअर्र्कालाई भेटेर मायालाई सम्बन्धमा निभाउने फैसला गरेका थिए ।

 

Sonam Kapoor

विशेष