मुख्य समाचार

प्रकाण्डले बयानमा भने: हाे मैले पार्टीको नीति अनुसार चन्दा उठाएकै हुँ

प्रकाण्डले बयानमा भने:  हाे मैले पार्टीको नीति अनुसार चन्दा उठाएकै हुँ

काठमाडौँ । प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले (प्रकाण्ड) आफूले पार्टीको नीति अनुसार चन्दा उठाएको बताएका छन्।

 

सरकारी वकिलसहितको बयानमा नेता विकले पार्टीको नीति बमोजिम नै चन्दा उठाएको बताएको हुन्। उनको बयानमा पार्टीको नीति अनुसार दिन सक्नेहरूलाई भौतिक र आर्थिक सहयोग मागेका हौँ।' भन्ने उल्लेख गरिएको छ।

 

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई चन्दा लिएको अभियोगमा एक साताअघि पक्राउ गरेको थियो। हो। उनले  ७ करोड ५० लाख रुपैयाँभन्दा बढी चन्दा संकलन गरेका देखिएको प्रहरीको दाबी छ। उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरी स्रोतको दाबी छ।

 

पक्राउपछि नरेन्द्रबहादुर सिंह विकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन्। अदालतले रिटमा सुनुवाइ गर्दै विकलाई उपस्थित गराउन आदेश दिएको थियो।

नेत्रविक्रम चन्द खड्गबहादुर विश्वकर्माले (प्रकाण्ड)

विशेष