खेल

पहिलो अन्तर्राष्ट्रिय एक दिवशीय क्रिकेट खेल्दै नेपाल 

पहिलो अन्तर्राष्ट्रिय एक दिवशीय क्रिकेट खेल्दै नेपाल 

काठमाडौं । नेपाली क्रिकेट टोली आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एक दिवशीय खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो को २ः४५ बाट सुरु हुनेछ । नेदरल्याण्डको  खेल मैदान आमस्टेलिभन स्टेडियममा नेपाल र नेदरल्याण्ड्सबीच नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवशीयको  खेलको सुरुवात गर्ने छ । 

 

उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको नेपाली टोलीले यो खेलमा जित हासिल गर्ने लक्ष्य लिएको छ । गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा यी दुई टोली संयुक्तरुपमा विजेता घोषित भएका थिए ।

 

नेपालले यो समयलाई अन्तर्राष्ट्रिय एक दिवशीय क्रिकेटमा आफ्नो बलियो उपस्थिति देखाउनु पर्ने छ । गत आइतबारको खेलमा राम्रो लय समातेका कारण पनि नेपाली क्रिकेट टोलीको उच्च मनोवलका साथआज नेदरल्याण्ड्विरुद्ध उसैको घरेलु मैदानमा उत्रिने छ । 

 

यस अघि भएको खेलमा नेपाल र नेदरल्याण्ड्सले एक–एक खेलमा जित हात पार्दै संयुक्त रुपमा उपाधि जितेका थिए । उक्त दिन नेपाल र नेदरल्याण्डबीच भएको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो ।

 

अहिले सम्म हेर्दा नेपाली टोलीको ब्याटिङभन्दा बलिङ पक्ष निकै बलियो देखिए पनि ब्याटिङमा पनि सुध्रिदै गएको देख्न सकिन्छ । नेपाली टोलीमा रहेका शक्ति गौचन, सन्दीप लामिछाने, बसन्त रेग्मी, करन केसी र सोमपाल कामी उत्कृष्ट बलर हुन् ।

 

त्यसतै आजको खेलमाशक्ति र सन्दीपको बलिङले कतिको चमत्कार देखाउन सफल हुन्छन् । यो भने क्रिकेट प्रेमिहरुका लागि नीकै कौतुहलताको बिषय बनेको छ । यस अघिनै शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याषको घोषणागरी सकेकाले अब शक्तिले आफ्ना अन्तिम दुई खेलमा कस्तो छाप अन्तर्राष्ट्रि यक्रिकेट जगतमा छाड्ने छन् । 
 

नेदरल्याण्ड्स नेपाली क्रिके

विशेष