मुख्य समाचार

प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको विरोध गर्ने यी राज्यमन्त्री

प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको विरोध गर्ने यी राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै छन् । तर, त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध  गरेका छन् । 

 

उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२  को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ ।

 

यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको  यो कम्युनिष्ट सर्बसत्तावादको  पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’

 

मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न   ओलीसाग उनले अनुरोध समेत गरेका छन् । 

केपी शर्मा ओली सुरेश मण्डल

विशेष