मुख्य समाचार

प्रदेश २ मा पुगेर प्रधानमन्त्रीले भने: प्रदेश २ को विकासका लागि चिन्तित र प्रतिबद्ध छु

प्रदेश २ मा पुगेर प्रधानमन्त्रीले भने:  प्रदेश २ को विकासका लागि चिन्तित र प्रतिबद्ध छु

जनकपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रदेश २ को विकासका लागि चिन्तित रहेको बताएका छन्। शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू प्रदेशको विकासलाई लिएर चिन्तित र प्रतिबद्ध रहेको बताए।

 

'दुनियाँ अन्धकारमा हुँदा नेपालले ज्ञानको ज्योति बालिसकेको थियो। तर अहिले हाम्रो अवस्था धेरै पछाडि छ', प्रधानमन्त्रीले भने, 'यो प्रदेशको मात्र कुरा गर्ने हो भने पनि निकै पछाडि छ। यसको विकासका लागि   संघीय सरकार र म अत्यन्तै चिन्तित छौँ। चिन्तित मात्र होइन, प्रतिबद्ध छौँ।'

 

प्रधानमन्त्रीले प्रदेश २ मा मा विकासका असाधारण सम्भावना रहेको औँल्याए। सिचाईँ उपलब्ध गराइ खेतीयोग्य जमिनमा उब्जाउ गर्न सकिने उनको भनाई छ।

विशेष