कभर स्टोरी

नेक्सन कार किन्नै पर्ने यी हुन् २० कारण

नेक्सन कार किन्नै पर्ने यी हुन् २० कारण

काठमाडौं । विश्वविख्यात टाटा मोटर्सले ‘नेक्सन’ नामक कार बजारमा ल्याएको छ । टाटाले धेरै समयको अनुसन्धानपछि नेक्सनलाई उपभोक्तासमक्ष प्रस्तुत गरेको हो । टाटाको अघिल्लो मोडेलका कारभन्दा थप विशेषता बोकेको नेक्सन हरेक जो कोहीलाई पनि लोभ्याउने खालको छ । यस कारको सञ्चालन विधि कम्प्युटराइज्ड भएकाले विशेष गरेर सुरक्षा प्रणालीलाई बढी जोड दिइएको छ । 


नेपाल जस्तो अति पडाडी भू–भाग भएको ठाउँमा नेक्सनसँगैको यात्राले कार प्रयोगकर्तालाई आनन्ददायक बनाउने छ । बजारमा उपलब्ध अन्य कारको तुलनामा नेक्सनको ‘ग्राउन्ड क्लियरेन्स’ बढी भएकाले रफ रोडमा कुनै समस्या देखिँदैन् । 
आँखा र मन लोभ्याउने विभिन्न रङ र आकार प्रकारमा उपलब्ध नेक्सन हेर्दा कुनै पनि समुद्रपार देशमा निर्मित कारभन्दा फरक छैन । 


‘हेभी भेहिकल’ मा विश्व बजारमा अब्बल श्रेणीमा रहेको टाटा मोटर्सले पछिल्लो पटक ‘लाइट भेहिकल’ मा पनि आफ्नो अत्यधिक स्थान ओगट्न सफल भएको छ । टाटा मोटर्सले अहिलेलाई नेक्सन डिजेलबाट चल्ने बजारमा प्रस्तुत गरेको छ । सुरुवाती चरणमा पेट्रोलबाट चल्ने अन्य कारभन्दा अलिक बढी मूल्य परेता पनि डिजेल कारमा पछि उपभोक्तालाई मर्मत र सम्भार खर्च व्यहोर्ने तनावबाट मुक्ति दिलाउँछ । त्यसमाथि टाटाले कारको क्षेत्रमा आफ्नो विश्वास आर्जन गर्दै गइरहेको सर्वविदितै छ । 


टाटाको अन्य मोडेलका कार चढिरहेका जो कोही उपभोक्ताले मर्मत तथा सम्भार खर्च कम भएको प्रत्यक्ष अनुभूत गरेको सत्यता कहीँ कतै लुकेको छैन । नेक्सन डिजेलबाट चल्ने भए पनि यसलाई पहिलो पटक स्टार्ट गर्दा नै आवाज कम आउने महसुस गर्नाले यो बेग्लै विविध विशेषता बोकेको कार हो भन्ने निष्कर्षमा पुग्न कसैलाई द्विविधा पर्ने छैन । उपभोक्ताको चाहनालाई ध्यानमा राखेर नेक्सनको भित्री सजावट पनि अरू कारको तुलनामा फराकिलो, लचकदार, साजसज्जासहित आरामदायक र मद्दतिलो छ ।

‘नेक्सन’ नाम कसरी रह्यो ?

खासमा भन्ने हो भने टाटाको यो गाडीको नाम नेक्सन कसरी रहन गयो भनेर वा त्यसको अर्थ खोज्न थाल्नु भयो भने तपाईं अलमलिनु हुन्छ । नेक्सनलाई ‘नेक्जन’ भनेर पनि उच्चारण गर्न सक्नु हुन्छ । तर यो कारको सही उच्चारण ‘नेक्स्ट अन’ हो । नेक्स्ट अनलाई छोटकरीमा भन्नुपर्दा नेक्सन वा नेक्जन भनेर उच्चारण गर्न सकिन्छ । टाटाका अनुसार नेक्स्ट अनको अर्थ हो ‘लेबल अफ थिंक’ यसरी टाटाले नेक्सन भन्ने शब्द चयन गरेको हो ।    
 
नेक्सन कारका विशेषता :

१. शक्तिशाली इन्जिन । 


२. कारको साँचो नै प्रिमियम खालको छ । जसको पहिलो स्पर्शमा नै तपाईंले आफूलाई निक्कै सजिलो महसुस गर्नु सक्नु हुन्छ । 


३. स्पोट्र्स युटिलिटी भेहिकल (कम्याक्ट एसयुभी) यसले खाल्डाखुल्डी बाटोमा पनि चलाउँदा गाह्रो महसुस नहुने । 


४. कारको अग्रभाग ‘हँसिलो’ देखिन्छ । जसले गर्दा तपाईं आफ्नो कार्यसम्पादनका लागि बाहिर जाँदा एक प्रकारको ‘मुड फ्रेस’ भएको अनुभव गर्न सक्नु हुन्छ । 


५. नेक्सन उपभोक्ता जसले १५ हजार किलोमिटर चलाउँदा पनि कुनै समस्याको सामना गर्नु परेको छैन । 


६. कारको भित्री साजसज्जामा उच्च गुणस्तरको प्लास्टिक प्रयोग गरिएको छ । जसले गर्दा कतै कोरकार भएर चाँडै नै तपाईंको कार पुरानो नदेखियोस् । 


७. कारको भित्री अग्रभागमा करिब ६.५ इन्चको एचडी टच स्क्रिन छ । जसको मद्दतले कारको सम्पूर्ण सञ्चालन विधिबारे तपाईं अवगत हुनु हुनेछ । 


८. कारको पछाडि भागमा जडित क्यामेराको मद्दतले कारलाई ब्याक गर्दा तपाईंले घाँटी बंग्याएर हेर्नु जरुरी छैन । किनभने ब्याक गर्दाको स्पष्ट दृश्य स्क्रिनमा सजिलैसँग तपाईंले अवलोकन गर्न सक्नु हुन्छ । त्यतिमात्र होइन यो प्रणालीले तपाईंलाई पछाडिको सम्पूर्ण गतिविधिसँग सहज परिचित गराउन मद्दत गर्छ । जसका कारण तपाईं अझ बढी सुरक्षित भएको महसुस गर्न सक्नु हुन्छ ।  

 
९. प्रोजेक्टेड हेडलाइट हेर्दै राम्रो साथै फग लाइट । त्यसमाथि डे ल्याम्पले त दिउँसै तपाईंलाई जगमगाएको अरूले देख्न सकिन्छ । जसका कारण टाढाबाट नै तपाईंको पहिचान स्पष्ट हुन्छ । 


१०. १६ इन्चको एलो ह्विल र टायर पनि हाई प्रोफाइलको रहेको छ । जसका कारण सडकमा तपाईंलाई बेग्लै अपिल दिन सक्षम हुनेछ । 


११. नेक्सन कारको छतको बनावटलाई ध्यान दिने हो भने दुई सिटयुक्त कारको जस्तै ‘कुपे’ शैलीमा विशेषगरी स्पोट्र्स कारमा मात्र देख्न सकिन्छ । तर तपाईंको मन जित्न टाटाले नेक्सनमा कुपे शैलीलाई अपनाएको छ । 


१२. कारको पछाडिको भागको कुरा गर्ने हो भने हेर्दै ज्यादै आकर्षक रहेको छ । जुन डिजाइनलाई टाटाले निर्माण कालमा परिकल्पना गरिएको थियो । अहिले आएर यस डिजाइनलाई सबैले प्रशंसा गर्न थालेका छन् । 


१३. नेक्सनको इन्फोटेन्मेन्टमा हार्मन सिस्टमलाई अपनाइएको छ । हार्मन सिस्टमको विशेषता हो, यो आठ वटा स्पिकरसँगै आउँछ ।

यस कारमा हार्मन सिस्टमका कारण तपाईंले एन्ड्रोइड र एप्पल फोन सजिलैसँग चलाउन सक्नु हुन्छ । जुन अन्य कारमा पाउन सक्न हुन्न । सबैभन्दा राम्रो पक्ष के हो त भन्दा तपाईं कार चलाउँदै हुनुहुन्छ र त्यसको साथमा संगीतको मजा पनि लिँदै हुनुहुन्छ भने केही गरी फोनको घन्टी बज्यो भने तपार्इंलाई कसैले ‘प्लिज म्युजिक अलि सानो पार्नुस् न’ भनेर आग्रह नै गर्न पर्दैन किनभने यस कारमा आवश्यकताअनुसार आठ स्पिकरमध्ये एक मात्र बजाउन सकिन्छ । जसले गर्दा म्युजिकको म्युजिक र फोनमा कुराको कुरा दुबै एक साथ । भएन त आनन्द ? 


१४. नेक्सन कारको ड्यासबोर्डको त कुरै नगरौं दरिलो र चिप्लो एवं मनमोहक । त्यसैको मुनि रहेको ग्लोब बक्स जसमा एक ट्रे पनि राखिएको छ । उक्त ट्रे तपाईंको सुविधाअनुसार राख्न र झिक्न सक्नु हुन्छ । ट्रे झिक्नु भयो भने तपाईं आरामसँग ल्यापटप, ट्याबलेट वा अन्य कुनै सामान राख्न सक्नु हुन्छ । 


१५. नेक्सनमा ड्राइभिङ सिट आरामदायी रहेको छ । ड्राइभ गर्दा तपाईंलाई चाहिने ‘नि (घुँडा) मुभमेन्ट र लेग वाल’ पनि मद्दतिलो रहेको छ । 


१६. नेक्सनको भित्री भागको कुरा गर्नुपर्दा यदि तपाईंको उचाइ ६ फिट छ भने पनि तपाईंले पाउनु हुनेछ फ्रि हेड रुम । जसले गर्दा साधारणतया तपाईंको टाउको ठोक्किने डर हुँदैन ।  


१७. नेक्सनको स्टिरिङ एडजस्ट गर्न मिल्ने छ । स्टिरिङबाटै म्युजिक कन्ट्रोललगायत अन्य प्रणाली बन्द र चलाउन सकिने छ । त्यस्तै ड्राइभ गर्दा तपाईंले कमान्डिङ भ्यू पनि पाउनु हुनेछ । 


१८. पछाडिको सिटको चर्चा गर्ने हो भने यो धेरै मद्दतिलो छ । यस सिटमा बस्दा तपाईंलाई पटक्कै थकानको महसुस हुँदैन । त्यतिमात्रै होइन तपाईंको आरामपूर्ण यात्रालाई ध्यानमा राखेर ‘आर्मरेस्ट’ का साथमा दुई कप होलको पनि व्यवस्था गरिएको छ । 


१९.सामान्यतया भन्ने हो भने कुनै पनि कारमा एसिको चर्चा नै गरिन्न । तर होइन नेक्सनको भित्री एसि सिस्टमको कुरा गर्ने हो भने बेग्लै खालको छ अर्थात् पछाडिको यात्रीले पनि आफ्नो आवश्यकताअनुसार एसिलाई घटबढ गर्न सकिन्छ । जुन सुविधा अन्य कारमा तपाईं पाउनु सक्नु हुन्न ।


२०. नेक्सन कार चढ्नाले तपाईंलाई ‘स्टाइलिस’ बनाउँछ ।    

 




यदि कारको सेगमेन्टमा भन्ने हो भने टाटाको नेक्सन ‘फुल्ली लोडेड’ सबैभन्दा राम्रो कार हो । पावर एडजस्टेबल लुकिङ रिक्ट्राटेबल मिरर, ब्लुटुथ सिस्टम, इन्जिन स्टार्ट स्टप बटन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रिभर्स सेन्स अफ पार्किङ क्यामेरा, डोयल फ्रन्ट एअर ब्याग, आइएसओ फिक्स्ड चाइल्ड रिट्रेन सिस्टम, एन्टि लक ब्रेकिङ सिस्टमजस्ता विशेषताले भरिपूर्ण नेक्सनमा बुट स्पेस पनि ठूलै रहेको छ । 


टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन कार कस्तो छ भनेर टेस्ट ड्राइभिङ गर्ने व्यवस्था पनि मिलाएको छ । सिप्रदीको थापाथलीस्थित शोरुममा टेस्ट ड्राइभ गरेर आउने जो कोही उपभोक्ता वा ग्राहक नेक्सनको गुणवक्ता देखेर तारिफ नगर्ने कमै होला । जस जसले टेस्ट ड्राइभ गरेर आए ती ती महानुभावहरू नेक्सनलाई आफ्नो परिवारको सदस्य बनाउने मानसिकता बनाएर गएको देखिन्छ । यो कुरा कुनै अतिशयोक्ति नभएर वास्तविकता हो । त्यसैले नेक्सन काठमाडौं उपत्यकामा भित्रिनु पूर्व नै यसको बुकिङ सुरु भइसकेको थियो । 


नेक्सन सर्वसाधारणलगायत डाक्टर, प्राध्यापक, व्यापारी वर्गलाई उपयुक्त छ । नेक्सनको प्रारम्भिक चरणमा नै गुणवत्ता राम्रो भएकाले यो कार सेलिब्रिटी जस्तै भएको छ । त्यसैले त नेक्सन आर्यन सिग्देल, मोहितवंश आचार्यलगायत सेलिब्रिटीको रोजाइमा पर्न सफल भएको छ । अब पालो तपाईंको । आफ्नो इच्छाशक्ति जगाउनुस्, कागजात ठीक पार्नुस् र आफूलाई पायक पर्ने शोरुममा गएर जिम्मेवार बिक्री अफिसर्ससँग सल्लाह गएर आजै नेक्सन भित्र्याउने प्रयत्न गर्नुहोस । समय तपाईंकै हो ।


नेक्सन कारका सम्बन्धमा तपाईंलाई कुनै पनि जानकारी चाहिएमा टोल फ्रि नं. १६६००१५५७७७ मा सम्पर्क राख्न सक्नु हुनेछ । जुन नम्बरमा सिप्रदीका मृदुभाषी सहयोगीहरू तपाईंको सेवाका लागि तयार बसेका छन् ।  
 

टाटा मोटर्स नेक्सन

विशेष