‘मेरा अाशमा अहिले पनि बिहे नगरी बस्ने पुरूष छन्’
काठमाडौँ । पछिल्लो समय लोकगायनको क्षेत्रमा चर्चित नाम हो राधिका हमाल । यो नाम सुन्नेबित्तिकै सबैको मस्तिष्कमा सफल गायिका भन्ने छाप पर्छ ।
हमाल गायन क्षेत्रमा मात्र नभएर समाजसेवामा पनि उत्तिकै व्यस्त छन् । विशेषगरी गायन क्षेत्रमा आउनेहरुले जीवनमा धेरै पापड बेल्नुपरेका तीतामीठा घटनाहरू मिडियामा छाइरहन्छन् । तर, हमालको सन्दर्भमा त्यसो भएन । सांगीतिक क्षेत्रमा आउन आफूलाई भने त्यत्ति संघर्ष गर्नु नपरेको उनी बताउँछिन् ।
लामो समयदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेकी हमालले गाएका गीतहरू निकै चर्चामा छन्् । उनले लोक गीतलगायत थुप्रै चर्चित तीज गीतहरू पनि गाइसकेकी छन् । पछिल्लो समय पत्रकार ऋषि धमलालाई हमला गर्दै, ‘धमला धमला ऋषि धमला’ बोलको गीत गाउँदै अझ धेरै चर्चामा आएकी छन् । उनकाअनुसार ,उनले गीत गाएबापत ठूूलो पारिश्रमिक पाएकी छन् ।
‘पछिल्लो समय आफूलाई चर्चामा ल्याउने मोहमा उत्ताउलो तथा भड्किलो तरिकाले प्रस्तुत गर्न चाहनेहरूको जमात पनि रहेको छ । तर यो क्षेत्रमा आफूलाई निरन्तर बग्नका लागि सधैँ सफा भएर बग्नु पर्छ । भड्किलोपना भनेको एउटा खहरे खोला मात्र हो’, उनले भनिन् ।
हमाल भन्छिन्, ‘मैले गाएका गीतहरू सबैले मनपराइदिनु भएको छ । अवार्ड पनि थुप्रै पाएको छु । तर मेरो लागि अवार्डभन्दा दर्शकले दिने माया नै निकै ठूलो शक्ति हो,जसले मलाई सधै हरियाली बनाउँछ ।’
नेपालमा अवार्डलाई त्यत्ति ‘फेयर’ मानिँदैन । यस सन्दर्भमा गायिका हमालले सरकारले पनि अवार्डलार्ई व्यवस्थित गरिदिनुपर्नेमा जोड दिइन् । उनले थपिन्, ‘अवार्ड अहिले फेसनजस्तै भएका कारण पनि धेरै राम्रा प्रतिभाहरू पछि परेका छन् । त्यसकारण यसलाई व्यवस्थित गरिनुपर्छ ।’
पछिल्लो समय उनी विभिन्न कार्यक्रमहरूमा निकै व्यस्त देखिन्छन् । स्टेज कार्यक्रमको लागि विभिन्न देश विदेश घुमिसकेकी हमाललाई यसपालिको तीजको कार्यक्रमको लागि पनि थुप्रै देशबाट अफर आइरहेको बताउँछन् ।
जवानीमा केटाहरूले कत्तिको मन पराउँथे भन्ने प्रश्नमा उनले मुस्कुराउँदै भनिन्, ‘एकतर्फी माया गर्ने त्यो समयमा पनि हुनुहुन्थ्यो । अहिले पनि म तिम्रो लागि बिहे नै नगरिबसेको छु भन्ने मान्छे पनि हुनुहुन्छ ।’
राधिका हमाल