विश्व हिन्दु महासंघको कार्यवाहक अध्यक्षमा प्रमोद
काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको कार्यवाहक अध्यक्ष प्रमोदकुमार चौरडिया तोकिएका छन् ।
साउन २१ मा बसेको महासंघको बैठकले चौरडियालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी सुम्पेको हो । साउन ६ मा महासंघका अध्यक्ष तथा मानार्थ शाही पाश्र्ववर्ती जनरल भरतकेशर सिंहको निधन भएपछि महासंघको अध्यक्ष पद रिक्त थियो । भारतको लखनउमा हालै सम्पन्न बैठकले महासंघको विधानअन्तरगत अध्याय ११ को उपदफा २ अनृुसार चौरडिया कार्यवाहक अध्यक्ष तोकिएको महासंघका महासचिव अस्मिता भण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष भरतकेशर सिंहको निधनपछि महासंघका एक उपाध्यक्ष तथा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।