मुख्य समाचार

मृत फेला परेका पूर्वराजदूतको हत्या भएको शंका, टाउको र घाँटीमा चोट भेटियो 

मृत फेला परेका पूर्वराजदूतको हत्या भएको शंका, टाउको र घाँटीमा चोट भेटियो 

काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको मृत्यु शंकाको घेरामा परेको छ । आफ्नो कोठामा मृत फेला परे भनिएका राजदूत झाको टाउको र घाँटीमा चोट पाइएपछि उनको कसैले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानअगाडि बढाएको छ । 

 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह भन्छन्, ‘शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने देखियो । यहि भएर हामीले अनुसन्धान थालेका छौं ।’ केशव झाको हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार उनको टाउकोमा तीन चोट लागेको छ भने घाँटीमा दुई चोट लागेको छ ।

 

बवरमहल बस्दै आएका झा दम्पती बाहेक उनिहरुको घरमा आइतबार राती विगत १० बर्षदेखि सेक्युरिटी गार्डका काम गर्दै आएका सानु तामाङ थिए । सोमबार बिहान पाँच बजे नै मालीको काम गर्दै आएका अन्य दुईजना झाको घरमा पुगेका थिए । सहयोगीहरुले पानी भरेर बिहानको सबै काम सिध्याउँदा पनी झा नउठेपछी श्रीमतीले सेक्युरिटी गार्ड र मालीकै सहयोगमा ढोका खोल्दा उनी मृत अवस्थामा पल्टिरहेको बताइएको छ ।

 

पूर्वराजदुत झाको एक छोरा, बुहारी र एक छोरी छिन् । आयरल्याण्ड बस्दै आएका छोरा किरणराज झा र बुहारीलाई गत शनिवार मात्रै उनले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका थिए । 
 

विशेष