अपहृत व्यक्तिको नगरेकाे भन्दै प्रहरीविरुद्ध प्रदर्शन
सिरहा । सिरहाको गोलबजार नगरपालिका –१०, बाट ११ दिनअघि घरबाटै अपहृत ५७ वर्षीय कारीदेवी यादवको खोजतलासमा प्रहरीले चासो नदेखाएको भन्दै मंगलबार अपरान्ह पूर्व–पश्चिम लोकमार्गमा सडकमै टायर बालेर एक घण्टा अवरुद्ध गरेको छ ।
गएको साउन २५ गते बेलुका आठ बजे भतिजो (दिदीको छोरा) बिरामी छ, छिटो हिँड भन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगेको यादव खोजीमा प्रहरीले तदारुकता नदेखाएको भन्दै पूर्व–पश्चिम लोकमार्गको चोहर्वा बजारमा सडक अवरुद्ध गरेका हुन् ।
यस्तै उनीहरुले सरकारले गरेकाे कर वृद्वि, महंगी, हत्या हिंसा र बलात्कार बिरुद्ध साङ्लो र्याली आयोजना गरिएको छ । स्थानिय सरकारले ढाँड सेक्ने गरि लगाएको कर र सरकारले महंगी बढाएको बिरोध गदै र्याली आयोजना गरिएको हो । साथै देशमा बढीरहेको बलात्कार र हत्या हिंसाको र्यालीले बिरोध गरेको थियो ।
कर र महंगी बढाएर जनतालाई बाध्ने काम गरेको भन्दै साङकेतिक रुपमा साङ्लो बाधेर सरकारको बिरोध गरिएको बताइएको छ । सरकारले जनतालाई कर तथा महंगीको भारी बोकाएर जिउन मुस्किल बनाएको र्याली आयोजक मध्येका पूर्ण राईले बताए । सरकारले जनताको हित भन्दा पनि आफ्नो स्वार्थ पुर्तिका लागी जनतालाई दुख दिने गरेको राईको भनाई छ ।
स्थानीयले गरेको सडक अवरुद्धका कारण सयौं सवारी रोकिएको स्थानीय किशोरी यादवले बताए । आक्रोशित बन्दकर्ताले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गरेका थिए ।
स्थानीयले भने कारीदेवीलाई आफ्नै भतिजा लक्ष्मण यादव र जेठाजु रामदेव यादवले नै अपहरण गराएको आरोप लगाएको छ ।