आठ वटा आयोगमा ४० जना नियुक्त गर्ने प्रक्रिया सुरु
काठमाडौं । संवैधानिक परिषद्ले आठ वटा आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ । यि नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भनेर सरकारले सार्वजनिक सूचना जारी गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग छन् । त्यस्तै गरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा अध्यक्ष र सदस्य पद खाली छन् । यी रिक्त पदका लागि ४० जना नियक्त हुनेछन् ।
यी आयोग मध्ये केही नयाँ हुन भने केही पहिलेदेखि नै क्रियाशील थिए । परिषद सचिवालयले रिक्त सबै पदहरु पूर्तिका लागि मंगलबार सूचना प्रकाशित गरेको छ ।
योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ । सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ ।