छोटो कपडा लगाएको भएर ट्राफिक कार्यालय बग्गीखानामा प्रवेश दिइएन यी गायिकालाई (भिडियो सहित)
काठमाडौं । गायिका समृद्धि राईलाई छोटो कपडा लगाएको कारण ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा प्रवेश दिइएन । यो सन्देश समृद्धिले आफ्नै आधिकारिक फेसबुकबाट सेयर गरेकी हुन् ।
फेसबुकमा आफूले लगाएको पहिरानसहितको भिडियो खिचेर राख्दै गायिका राईले लेखेकी छिन्, ‘ट्राफिक प्रहरी कार्यालय बग्गी खानमा मैले ड्रेस लगाएको कारण प्रवेश दिइएन । पहिलो कुरा, यस्तो वाहियात नियम कसले लिएर आउँछ ? दोस्रो कुरा, मैले जे लगाए पनि यसमा मेरो पूरा अधिकार छ र अहिले मलाई मैले अभद्र किसिमको लुगा लगाइरहेकी छैन । कस्तो ठाउँमा कस्तो लुगा लगाउने भन्नेबारे मलाई पनि राम्ररी थाहा छ । सरकारी कार्यालय भएको भन्दै महिला ट्राफिक प्रहरीले मलाई कुर्था सुुरुवाल लगाउन सुझाइन् । नेपाल ट्राफिक प्रहरी, जिरो रेपेक्ट’
गायिका राईका ‘म चाँही नेपाली’, ‘विश्वास’, ‘प्रयास’ जस्ता गीतहरु हिट रहेका छन् ।
समृद्धि राई