मुख्य समाचार

कञ्चनपुरमा तनाव जारी, प्रहरीले चलखेल गरी नक्कली अभियुक्त पक्राउ गरेको भन्दै अाक्राेशित

कञ्चनपुरमा तनाव जारी,  प्रहरीले चलखेल गरी नक्कली अभियुक्त पक्राउ गरेको भन्दै अाक्राेशित

काठमाडाै‌ं। १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले मंगलबार भीमदत्तनगर बजार (महेन्द्रनगर) बन्द गराएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।


निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गर्दै प्रहरी ।


बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।

 

नागरिक संघर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् । नागरिक समाज र अधिकारकर्मीले वास्तविक हत्यारालाई सार्वजनिक गर्न दबाब दिइरहेका छन् ।


बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त । बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ । आक्रोशित स्थानीयले प्रहरीलाई समेत लखेटेका छन् । बन्दमा व्यापारीहरुले पनि साथ दिएका छन् ।


प्रहरीले वास्तविक हत्यारा जोगाउन खोजेको विरोधमा बन्द रहेको महेन्द्रनगर बजार।गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।

 

पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।


प्रहरी भन्छ कञ्चनपुरमा गोली चलेको छैन 

१३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै बजार बन्द गरेर प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दामाथि प्रहरीले गोली नचलाएको दाबी गरेको छ ।

 

महेन्द्रनगरमा प्रदर्शन गरिरहेका केही प्रदर्शनकारीले कञ्चनपुर प्रहरीले आफूहरुमाथि गोली प्रहार गरेको सामाजिक सञ्चालमा उल्लेख गरेका थिए । तर कञ्चनपुर प्रहरीले भने प्रदर्शनकारीहरुमाथि गोली नचलाएको दाबी गरेको हो ।

 

‘भिडबाट प्रहरीमाथि ढुंगा प्रहारसँगै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न खोजेपछि सामान्य बल प्रयोग गरिएको हो, अश्रुग्यास प्रहार भएकै हो तर गोली चलेको छैन, हामीले गोली चलाएका छैनौँ,’ एसपी बिष्टले भने ।

 

उनले घटनालाई अतिरन्जीत पारेर शान्ति सुरक्षा खलबलाउने काम गर्नेलाई प्रहरीले निगरानी गरिरहेको बताए ।

 

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।

 

तर बागफाँटाका बिष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीय बासिन्दा बिरोध प्रदर्शनमा उत्रेका छन् ।

उनीहरुले महेन्द्रनगर बजार बन्द गराएका छन् । आक्रोशित स्थानीयले बिहान प्रहरीलाई समेत लखेटेका थिए । बन्दमा व्यापारीहरुले पनि साथ दिएका छन् ।

निर्मला पन्त भीमदत्तनगर बजार

विशेष