खेल

गौरिका हिट चरणबाट बाहिरिइन्

गौरिका हिट चरणबाट बाहिरिइन्

काठमाडौं । इन्डोनेसियाको जकार्तामा भइरहेको १८ औँ एसियाडमा २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । 

 

हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेन्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने्छिन् । आजै भएको १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका शुभम् श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । उनी आफ्नो हिटमा आठ खेलाडीमध्ये तेस्रो भएका थिए । एक मिनेट ११.३७ सेकेन्डमा निर्धा्रित दूरी पार गरेका उनी समग्रमा २७ औँ स्थानमा रहे । यो स्पर्धामा ३२ खेलाडीले भाग लिएका थिए । 

 

अब पौडीमा शिरीष गुरुङले १०० मिटर फ्रिस्टायलमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै टिशा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । 

एसियाड

विशेष