मुख्य समाचार

काठमाडौंमा बिमस्टेक सम्मेलन हुने पक्कापक्की

काठमाडौंमा बिमस्टेक सम्मेलन हुने पक्कापक्की

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते हुने पक्का भएको छ । 

 

म्यान्माको नेपिट्मा सन् २०१४ को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले उक्त उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको हो । परराष्ट्र मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरूमा बिमस्टेक सदस्य देशहरूले सहभागिताको सुनिश्चितता गरेको जनाएको छ । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ १४ गते बिमस्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै सोही दिन उनले दिवाभोजको आयोजना गर्नेेछन् । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् । पारस्परिक सहायताका क्षेत्रमा बिमस्टेकले हालसम्म गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । सोही दिन साँझ प्रधानमन्त्रीले विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गर्नेछन् । 

 

परराष्ट्र मन्त्रालयका अनुसार भदौ १५ गते बिमस्टेकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको उपस्थितिमा सङ्गठनको वैधानिक दस्तावेजमा हुनेछ भने उक्त उच्च नेतृत्वले काठमाडौं घोषणापत्र अनुमोदन गर्नेछ ।

 

चौथो शिखर सम्मेलन अगाडि यही भदौ १२ गते उच्च अधिकारीहरूको नवौँ बैठक, तथा १३ गते बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको १६औँ बैठक काठमाडौंमा हुनेछ । 


 

बिमस्टेक सम्मेलन

विशेष