मुख्य समाचार

बकर–इदः बिदा नदिए पनि शुभकामना दिए प्रधानमन्त्रीले 

भने, ‘सहकार्यबाटै समृद्धी’

बकर–इदः बिदा नदिए पनि शुभकामना दिए प्रधानमन्त्रीले 

काठमाडौं । मुस्लीम धर्मावलम्वीहरुको महान चाड बकर–इदको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।

 

यो पर्वमा दिइँदै आएको मुलुकभर लागू हुने गरीको सार्वजनिक बिदा संघीय सरकारले कटाए पनि प्रदेश १, २ र ५ मा बुधबार सार्वजनिक बिदा दिइएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले खोजेको समृद्धि हासिल हुने बताए ।

 

नेपाल बहुसंस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधताले भरिएको भन्दै उनले बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

 

बकर–इद इस्लामका पाँच आधार स्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जानकारी दिए ।
 

विशेष