मुख्य समाचार

वैशाख १२ काे जत्रै भूकम्प गयाे, करिब १ मिनेट हलचल भइरह्याे जमिन

वैशाख १२ काे जत्रै भूकम्प गयाे, करिब १ मिनेट हलचल भइरह्याे जमिन

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा करिब करिब नेपालकाे जत्रै शक्तिशाली भूकम्प गएकाे छ । मुद्रास्फितिकाे चपेटामा परेर अाफ्नाे मुद्रा नै खारेज गरेकाे भेनेजुयलाकाे  पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ  । याे नेपालमा गएकाे वैशाख १२ काे भूकम्प जत्रै हाे । 

 

अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् ।

 

धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

काराकासमा रहेका पत्रकार स्टेफन पोजबनले कम्तीमा १ मिनेटसम्म भूकम्पको धक्का महसुस भएको सीएननलाई बताएका छन् ।

 

भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण नआएको बताइएको छ । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको औंल्याएका छन् ।

 

भेनेजुएलाको आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन् ।

 

विशेष