मनोरञ्जन

वाजपेयीको मृत्युको पाँचौ दिनमा शोक मनाएपछि सलमान खानको भयो चर्को आलोचना

वाजपेयीको मृत्युको पाँचौ दिनमा शोक मनाएपछि सलमान खानको भयो चर्को आलोचना

नयाँ दिल्ली, एजेन्सी । बलिउड अभिनेता सलमान खानले पूर्व प्रधानमन्त्री भरत रत्न अटल बिहारी वाजपेयीको निधनबारे दुःख व्यक्त गरेका छन् । आश्चार्यको कुरा यो छ की, सलमानले वाजपेयीको निधन भएको पाँच दिन पछि श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

 

ट्वीटरमार्फत सलमानले दुःख व्यक्त गर्दै लेखेका छन्, ‘अटल जीजस्ता महान लिडर, महान राजनेता, वक्ता र एक असाधारण व्यक्तिलाई गुमाउनु पर्दा दुख भएको छ ।’ उनको यो ट्वीटको सामाजिक सञ्जालमा जमेर आलोचना भएको छ ।

 

एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘भाईलाई समाचार मिल्यो.... भाइ कुन पत्रिका आयो ?’ अर्काले लेखेका छन्, ‘अटल जीको मृत्यु १६ अगस्टमा भएको थियो । आज २२ अगस्ट हो । यत्रो दिनसम्म कुन ब्रह्माण्डमा हुनुहुन्थ्यो ?’ 

 

सलमान यी दिनहरुमा फिल्म ‘भारत’ को सुटिङमा व्यस्त छन् । फिल्म कोरियन चलचित्र ‘ओड टू माइ फादर’ मा आभारित रहेको छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्दै छन् । २०१९ को इदमा रिलिज हुने फिल्ममा कट्रिना कैफ, दिशा पटानी, ज्याकी श्राफ, तब्बु र सुनिल ग्रोभर पनि रहेका छन् ।  
 

सलमान खान

विशेष