मनोरञ्जन

सलमान खानको बलिउडमा ३० वर्ष, यी नायक विरामी भएर भएको थियो उनको ‘इन्ट्रि’

सलमान खानको बलिउडमा ३० वर्ष, यी नायक विरामी भएर भएको थियो उनको ‘इन्ट्रि’

नयाँ दिल्ली, एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको भारतीय फिल्म उद्योगमा ३० वर्ष पूरा भएको छ । सन् १९८९ मा रिलिज भएको फिल्म ‘मेने प्यार किया’बाट रातारात हिट भएका सलमानले त्यस फिल्म पछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । 

 

उक्त फिल्ममा सलमान भन्दा पहिला ‘प्रेम’ को भूमिका नायक फराज खानलाई अफर गरिएको थियो । दुर्भाग्यवश त्यही समयमा फराज बिमारी भए । फिल्ममा सलमानलाई मुख्य भूमिकामा राखिसकेपछि पनि निर्देशक सुरज बडजात्यालाई सलमानमाथि भरोसा लागेको थिएन । ‘मेने प्यार किया’ मा निर्देशकको पहिलो रोजाइमा परेका फराज अहिले गुमनामजस्तै छन् । 

 

त्यस समय सलमान फिल्ममा काम गर्नका लागि भौतारिरहेका थिए । फराज बिमारी भएर सुटिङ हुन नपाएपछि फिल्मको लागि सलमानको अडिसन लिइयो । फलतः सलमान अडिसनमा पास भए । 

 

फराज खान पहिलाका चर्चित अभिनेता युसुफ खानका छोरा हुन् । युसुफले फिल्मको लागि नाम बदलेर यशराज राखेका थिए । आफ्नो फिल्मी करियरमा युसुफले करिब ३४ वटा फिल्ममा काम गरे । 

 

बलिउडमा ३० वर्ष बिताइसकेका सलमान अहिले फिल्म ‘भारत’ को सुटिङमा व्यस्त छन् । हाल फिल्मको सुटिङ माल्टामा भइरहेको छ । फिल्ममा सलमानसँगै कट्रिना कैफ, दिशा पटानी, सुनिल ग्रोवर, नेहा फतेहीको पनि मुख्य भूमिका रहेको छ । अलि अब्बास जाफरद्वारा निर्देशित यस फिल्म २०१९ को इदमा रिलिज हुने बताइएको छ ।   

सलमान खान

विशेष